शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

केन्द्रीय प्रेसिडेण्ट नेता कार्यकर्ता भेटघाटमा व्यस्त

Baneera Mongol Meche | 17 फेब्रुअरी 2019

केन्द्रीय प्रेसिडेण्ट नेता कार्यकर्ता  भेटघाटमा व्यस्त

इलाम / मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रीय प्रेसिडेण्ट बुद्धलाल मेचे यतिबेला संगठनका नेता कार्यकर्ताहरुलाई भेटघाट गर्दै गाउँगाउँमा पुगि कार्यक्रमहरुमा सहभागी भइरहनु भएको छ ।

                         प्रदेश सभा तथा जिल्ला एवम् गाउँ, नगर सभाका नेता कार्यकर्तालाई केन्द्रीय सभाको नीति निर्देशन बारेमा जागरुक बनाउँदै गाउँ अभियानमा लागि रहनु भएको छ ।

केन्द्रीय प्रेसिडेण्ट नेता कार्यकर्ता  भेटघाटमा व्यस्त

                                      यसैबीच शनिबार प्रेसिडेण्ट मेचे कार्यकर्ता भेटघाट गर्ने क्रममा इलाम पुग्नु भएको छ । उहाँले शनिबार नै इलामको सुर्योदय नगरपालिका वडा नं- १२ जर्सिङ गाउँमा त्यहाँ एमएनओका पुराना नेता कार्यकर्ताहरुलाई भेट्नु भयो र संगठन कसरी अगाडि बढिरहेको भन्ने बारेमा बताउनु भयो । त्यस्तै डा. गोपाल गुरुङको सपना साकार हुनमा इलामबासी मंगोलहरुको ठूलो हात रहेकोले संगठनले त्यस कार्यमा योगदान पुर्याएकाहरुलाई कहिल्यै नबिर्सने बताउनु भयो ।

                      १२ नं- वडा सभाले प्रेसिडेण्टको सम्मानमा आयोजना गरेको कार्यक्रममा संगठनका वरिष्ठ केन्द्रीय सदस्य दिलिप याङमाले पनि सम्बोधन गर्दै पुराना नेता कार्यकर्तालाई संगठनले सधै सम्मान गरिरहने बताउनु भयो । कार्यक्रममा प्रदेश नं= १ का सचिव सागर राईले पनि मन्तब्य राख्नु भएको थियो । केन्द्रीय प्रेसिडेण्ट बुद्धलाल मेचे आफ्नाे गाउँमा आउने कार्यक्रम रहेको जानकारी पाएपछि त्यस क्षेत्रका अहिन्दू मूलबासी मंगोल जनताहरु कार्यक्रममा उल्लेखनिय सहभागीता रहेको थियो । वडा नं= १२ का अध्यक्ष दिलिप कुमार याम्फुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्