शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

केन्द्रिय सभाका सल्लाहकार राई द्वारा संगठनलाई १५ धुर जग्गा प्रदान

Mongol Vision | 24 नोभेम्बर 2020

केन्द्रिय सभाका सल्लाहकार राई द्वारा संगठनलाई १५ धुर जग्गा प्रदान

झापा/ मंगोल नेसनल अर्गनाइजेसनका केन्द्रिय सभाका सल्लाहकार झापाको बुद्ध शान्ति गाउँपालिका - ४ निवासी धन बहादुर राइले संगठनलाई नि:शुल्क १५ धुर जग्गा प्रदान गर्नु भएको छ । 
आज मंगलबार एमएनओका केन्द्रिय सदस्य एवम् केन्द्रीय आर्थिक सभा सदस्य सान बहादुर मेचेको उपस्थितिमा भएको एक कार्यक्रमका बीच राईले उक्त जग्गा दिने घोषणा गर्दै लिखित रुपमा कागज समेत गरि दिनु भएको छ । संगठनको स्थापना समयबाटै सकृय रुपमा एमएनओमा आबद्ध हुनु भएका राइले संगठनले आफुलाइ के दिन्छ भन्दा पनि आफुले केही दिएर ८०% अहिन्दु मुलबासी मंगोल मुक्तीको अभियानमा सहयोग होस भनेर जग्गा दिएको बताउनु भयो । बुद्धशान्ति - ४ बाझो खेतमा रहेको उक्त जमिन परिवारकै राजी खुशीमा संगठनलाई दिएको राईका श्रीमति दिलमाया राईले बताए । 
कार्यक्रममा संगठनका केन्द्रिय सदस्य मंगल सिंह लिम्बू, केन्द्रिय सल्लाहकार पदम नेम्बाङ, १ नं. प्रदेश सभा सदस्य खडक बहादुर स्याबो, झापा जिल्ला अध्यक्ष लासिम हाङ मंगोल, झापा जिल्ला सदस्य बुद्ध केदेम, भानु धिमाल लगाएत बुद्धशान्ति गाउँसभाका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । जग्गा प्रदान गर्नु हुने राई दम्पतीलाई केन्द्रिय सदस्य मेचेले खादा लगाई सम्मान समेत गर्नु भएको थियो ।

केन्द्रिय सभाका सल्लाहकार राई द्वारा संगठनलाई १५ धुर जग्गा प्रदान

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्