बुधबार 22 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

केन्द्रिय सदस्य श्रेष्ठको परिवारलाई समवेदना हस्तान्तरण

mongolvision | 21 फेब्रुअरी 2025

केन्द्रिय सदस्य श्रेष्ठको परिवारलाई समवेदना हस्तान्तरण

 

झापा/ मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सभाका सदस्य याम श्रेष्ठ, झापा जिल्ला सदस्य अमृत श्रेष्ठ बुवा तथा विर्तामोड नगरसभाकी कोषाध्यक्ष जानुका श्रेष्ठका ससुरा तारा बहादुर श्रेष्ठको फागुन ३ गते दुखद निधन भएको हुँदा शोकाकुल परिवारमा समवेदना हस्तान्तरण गरिएको छ । 

आज फागुन ९ गतेका दिन विर्तामोड -१० स्थित निजिनिवासमै पुगी एक श्रेद्धाञ्जली सभा बिच संगठनका मूलसचिव सन्तोष तामाङबाट समवेदना हस्तान्तरण गरिएको हो । उक्त सभामा तारा बहादुर श्रेष्ठको सम्झनामा १ मिनेट मौनधारण गरिएको थियो । 
उक्त श्रद्धाञ्जली सभामा संगठनका केन्द्रिय सचिव मनि पापो लिम्बू, केन्द्रिय प्रचारप्रसार सचिव श्याम लिम्बू, केन्द्रिय सर्वोच्च सभा सदस्य दिलिप धिमाल, केन्द्रिय सदस्य प्रकाश हाङ्खिम,राज कुमार लावती, कोशी प्रान्तीय सभाका अध्यक्ष सागर राई, झापा जिल्ला सभा र विर्तामोड नगरसभाका, भद्रपुर नगरसभाका पदाधीकारीहरुको उपस्थिती रहेको थियो । 
उक्त श्रद्धाञ्जली सभाको सञ्चालन साथै समवेदना वाचन झापा जिल्ला अध्यक्ष सागर दर्जीले गरेका थिए ।

केन्द्रिय सदस्य श्रेष्ठको परिवारलाई समवेदना हस्तान्तरण

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्