बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

किर्तिपुर बजारमा एम. एन. ओ. को प्रशिक्षण

mongolvision | 14 फेब्रुअरी 2022

किर्तिपुर बजारमा एम. एन. ओ. को प्रशिक्षण


मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन पथरी नगरसभाको आयोजनामा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम पथरीशनिश्चरे नगरसभा अध्यक्ष पुनम साम्पाङ राईको सभाध्यक्षतामा एवं एम. एन. ओ. केन्द्रिय सदस्य सुरज फोम्बोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथि मोरङ जिल्ला सभा अध्यक्ष बिकेन वान्तवा रहनुभएको थियो । 
             कार्यक्रममा विशिष्ट अतिथि वान्तवाले मनतव्य राख्नुभएको थियो भने प्रमुख अतिथि फोम्बोले उपस्थित लोक समुदायलाई मंगोलवाद सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षणको दौरानमा उहाँले मूलबासी मंगोलहरुको हक, अधिकार र अस्तित्व प्राप्तिको निमित्त अन्तिम विकल्प एम. एन . ओ. मात्र रहेकाले आगामी निर्वाचनमा चुनाव चिन्ह भालेमा मतदान गर्न आव्हान गर्नुभयो । नगरसभाका पदाधिकारीहरु लगायत स्थानीय लोक समुदायहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा  नगरसभा सल्लाहकार बिक्रम फेम्बूले स्वागत मन्तव्य राखेका थिए भने सचिव रामचन्द्र गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्