Mongol Vision News | 1 जून 2019
काभ्रे/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला तदर्थ सभा काभ्रेमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
गत बैशाख 21 गते गठित जिल्ला सभाका पदाधिकारीहरुलाइ संगठनको निति, निर्देशन र दर्शनहरुको बिषयमा एकदिने कार्यकर्ता प्रशिक्षण सम्पन्न भएको छ ।
संगठनका केन्द्रीय सदस्य तथा केन्द्रीय सचिवालय सचिव रिन्चेन दोर्जे तामाङद्वारा प्रशिक्षित सभामा जिल्ला सभा काभ्रेका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । तदर्थ जिल्ला सभा काभ्रेका अध्यक्ष भरत तामाङको सभाध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रमामा 3 नम्बर प्रदेश सभाका प्रचार प्रसार सचिव सालिक थापा मगर, उदयपुर जिल्ला सभाका अध्यक्ष जङ राना मगरको आतित्यथा रहेको थियो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology