बिहिबार 18 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कास्कीका कोषाध्यक्ष तामाङको निधन

Mongol Vision | 30 अप्रिल 2021

कास्कीका कोषाध्यक्ष तामाङको निधन

पोखरा/ मंगोल नेशनल अर्गनाइजेसन कास्की जिल्ला सभाका कोषाध्यक्ष सुर्य तामाङको निधन भएको छ । कास्कीको पोखरा उपमहानगर पालिकाको लेक साइटमा बस्दै आउनु भएका तामाङको निमोनियाको कारण बैशाख १७ गते शुक्रबार बिहान ३ बजे निधन भएको जिल्ला अध्यक्ष रियाज गुरुङले बताउनु भयो । लामो समय देखि निमोनियाको समस्या झेल्दै आउनु भएका तामाङ लाई ३ दिन अघि पोखराको वाएस्टेन रिगोनल हस्पिटल मा भर्ना गरि आइसियुमा राखिएको थियो । त्यही नै उहाको निधन भएको हो । पुर्खौली घर खोटाङको बाह पोखरी गाउँ पालिका ३ सिपाङ भएका सुर्य तामाङ पोखरामा सम्पन्न भएको संगठनको २९ औं स्थापना दिवस कार्यक्रम बाट एम एनओमा आवद्ध भइ सक्रिय भएर लागि पर्नु भएको थियो । एक इमानदारी र निडर नेताको रुपमा रहनु भएका तामाङ को निधनले जिल्ला सभा कास्की लाई ठुलो क्षति पुगेको अध्यक्ष गुरुङले बताउनु भयो । तामाङको २ छोरा र १ छोरी रहेको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्