बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कास्कीको पोखरामा मुलबासी बिषयक प्रशिक्षण

mongolvision | 30 अक्टोबर 2021

कास्कीको पोखरामा मुलबासी बिषयक प्रशिक्षण

पोखरा / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा कास्कीको आयोजनामा कास्कीको  पोखरा पोखरामा एक दिने मुलबासी मंगोल बिषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
      अक्टोबर ३० तारिक सनिवार कास्की जिल्ला सभाका अध्यक्ष रियाज गुरुङको अध्यक्षता एबम संगठनका केन्द्रीय सदस्य तथा अनुशासन सभा सदस्य लाल बहादुर दर्लामीको प्रमुख आतिथ्यतामा पोखरा उपमहा नगर पालिका वाड न १४ को भुक देउराली स्थित तमु समजको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रमको बिशिस्ट अतिथिमा केन्द्रिय सदस्य गङा खपाङी मगर हुनुहुन्थ्यो भने अतिथिहरुमा गण्डकी प्रान्तीय सभा अध्यक्ष नवीन गुरुङ ,बागलुङ जिल्ला सभा अध्यक्ष अनुप बुढा मगर , स्याङ्जा जिल्ला सभाका सल्लाहकार डिल प्रसाद गुरुङ हुनुहुन्थ्यो ।
प्रशिक्षण कार्यक्रम लाई प्रमुख अतिथि दर्लामीले प्रशिक्षण प्रदान गर्नु भएको थियो । सो क्रममा उहाले मंगोलबादको बारेमा बताउदै मुलबासी मंगोलहरु राजनीतिक रुपमा सबलहुनु बर्नेमा जोड दिनु भएको छ । त्यस्तै उहाले अब हुने जुन सुकै चुनावमा एम एनओका उमेदवारहरु लाई चुनाब चिन्ह कुखुराको भालेमा आफनो अमुल्य मत  दिई बिजय गराउन हुन सबै लाई अनुरोध गर्नु भएको छ  । कार्यक्रममा केन्द्रिय सदस्य गङा खपाङी र गण्डकी प्रान्तीय सभाका अध्यक्ष नवीन गुरुङ ले पनि आ आफ्नो मन्तब मार्फत एम एनओको उदेश्य माथी प्रकाश पार्नु भएको थियो ।
मुलबासी मंगोल बिषय प्रशिक्षण कार्यक्रममा पोखरा उपमहा नगर सभाका अध्यक्ष पुर्ण बहादुर गुरुङ , पुर्ब अध्यक्ष ज्ञान राज गुरुङ , स्याङ्जाको चापाकोट नगर सभा अध्यक्ष खडक बहादुर थापा मगर  लगायत देउराली छेत्रका मुलबासी जनसमुदायहरुको उल्लेखनीय सहभागीता रहेको थियो । जिल्ला सभाका प्रचार सचिब चित्र बहादुर रानाले स्वागत मन्तव्य राख्नु भएको प्रशिक्षण कार्यक्रम जिल्ला सचिब प्रेम प्रसाद गुरुङले संचालन गरेका थिए ।

कास्कीको पोखरामा मुलबासी बिषयक प्रशिक्षण

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्