शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कास्कीमा मनाइयो डा. गोपाल गुरुङको ८५ अैाँ जन्मोत्सव।

Mongol-vision | 28 जूलाई 2020

कास्कीमा मनाइयो डा. गोपाल गुरुङको ८५ अैाँ जन्मोत्सव।

27 Jul 2020 मंगोल नेशनल अर्गनाइजेसन गण्डकी प्रदेश तथा MNO कास्की जिल्लाको समन्वय मा कास्की को उत्तमचोक स्थित आंधिखोला पार्टी प्यालेसमा मंगोल नेशनल अर्गनाइजेसन फाउण्डर प्रेसिडेण्ट युगपुरुष अ्मर डा, गोपाल गुरुङ ज्यु को ८५ औं जन्मोत्सव भब्य र सभ्य रुपमा सम्पन्न भएकोछ।

उक्त अवसरमा गण्डकी प्रदेश अध्यक्ष नविन गुरुङ को सभा अध्यक्ष , प्रमुख अतिथि केन्द्रीय सदस्य तथा मंगोल भिजन राष्ट्रीय साप्ताहिक पत्रीका का निर्देशक प्रेम छिरी शेर्पा ( दिक्पाल मंगोल) बिशिष्ट अतिथिको रुपमा केन्द्रीय सदस्य गंगा खपाङी मगर, कास्की जिल्ला पुर्व संस्थापक कोषाध्यक्ष संजीव राइ, कास्की जिल्ला अध्यक्ष रियाज गुरुङ, बाग्लुङ जिल्ला सभा कोषाध्यक्ष मौसमी घर्ती मगर, पोखरा महानगर सभा सचिव टंक बहादुर गुरुङ र स्याङजा पुतली बजार नगर सभा कोषाध्यक्ष शोभा मर्साङी मगरको अतिथि तथा बिशेष उपस्थिति र अन्य कास्की जिल्ला सभा, पोखरा महानगर सभाका सम्पुर्ण पदाधिकारी हरु स्थानिय मंगोल प्रेमी जन समुदाय हरु करीब ७०/७५ जनाको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रम को शुरुवती चरणमा कार्यक्रमको सन्चालन एम एन ओ गण्डकी प्रदेश प्रचार प्रसार सचिव भिम गुरुङ ले गर्नुभएको थियो भने, स्वागत मन्तब्य गण्डकी प्रदेश सदस्य मिनु थापाले गर्नुभएको थियो लगतै अतिथि ज्यु हरुबाट पांच वटा मैनबत्ति बालि बिधिवत रुपमा कार्यक्रम सम – उद्घाटन गरि युग पुरुष डा, गोपाल गुरुङ ज्यु प्रति १ मिनेट मौन धारण गरि सबै उपस्थित जन समुदाय हरु बाट खादा तथा फुलको गुच्छाले वहा प्रति हार्दिक श्राध्द सुमन अर्पन गरि, अतिथिहरु बाट आ आफ्नो शुभ कामना मन्तब्य प्रस्तुत गरिएको थियो।

मनतब्य को क्रममा प्रमुख अतिथि द्वरा नया उपस्थिति हरु लाइ इङीत गर्दै मंगोल बंश सम्बन्धी, र अबको समयमा मंगोल नेशनल अर्गनाइजेसन लाइ देश ब्यापी रुपमा कसरी अगाडि बढाउने र मंगोल सत्ता प्राप्ती को लागि गर्ने भाबी योजनाहरु प्रतिको तर्क अगाडी सार्नुभएको थियो। अन्तमा सभा अध्यक्ष बाट सबै सभाका प्रतिनिधि तथा सहभागी लाेक समुदायहरू लाइ धन्यवाद दिदै कार्यक्रम हल उपलब्ध गराइदिनुहुने आंधिखोला संचालक अरुण गुरुङ तथा सुनिता गुरुङ लाइ बिशेष धन्यवाद दिदै कार्यक्रम सफल पार्न का निम्ति भुमिका निर्वाह गर्ने सबै महानुभाव हरु प्रति आभार तथा कृतग्यता जाहेर गर्दै कार्यक्रम समापन गरिएको थियो।

कास्कीमा मनाइयो डा. गोपाल गुरुङको ८५ अैाँ जन्मोत्सव।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्