शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कास्कीमा २६औं विश्व मुलवासी दिवस सम्पन्न

Mongol Vision | 10 अगस्ट 2020

कास्कीमा २६औं विश्व मुलवासी दिवस सम्पन्न

कास्की/ २६औं विश्व मुलवासी दिवस (26th World Indigenous Day) को अवसरमा मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा कास्कीले औपचारिक कार्यक्रमको आयोजना गरि भव्य र सभ्य रुपमा सम्पन्न गरेकोछ । कार्यक्रमको सभाअध्यक्ष एमएनक कास्की जिल्ला सभाका अध्यक्ष रियाज गुरुङ, प्रमुख अतिथि केन्द्रीय सदस्य तथा मंगोल भिजन साप्ताहिक पत्रिका निर्देशक प्रेम छिरि शेर्पा ´दिक्पाल मंगोल,विशिष्ट अतिथिमा गण्डकी प्रदेश सभा अध्यक्ष नर बहादुर गुरुङ (नवीन) र अन्य अतिथिहरुमा गण्डकी प्रदेश सभा कोषाध्यक्ष निर्मल अाले (राजु), गण्डकी प्रदेश प्रचारप्रसार सचिव भिम गुरुङ, गण्डकी प्रदेश सदस्य मिनु थापा मगर, लम्जुङ जिल्ला सभा सदस्य सुर्जङ गुरुङ, पाल्पा जिल्ला सभा सदस्य माया सुनारी मगर, स्याङ्जा जिल्ला सभा सल्लाहकार डिल प्रसाद गुरुङ, पोखरा महानगर सभा अध्यक्ष पुर्ण गुरुङ, वालिङ नगर सभा कोषाध्यक्ष जीवन गुरुङ रहनु भएको थियोे । २६अौ मुलवासी दिवस कार्यक्रममा सम्बोधनको क्रममा प्रमुख अतिथि प्रेम छिरि ´दिक्पाल मंगोल` ले नेपालका मंगोल वर्णका मानवहरु अदिवासी जनजाति नभइ मुलवासी भएको कुरा प्रष्ट पार्नु भएको थियो । मन्तव्य कै क्रममा उहाँले वास्तवमा अदिवासि जनजाति भनेको हिन्दु खस अार्य बाहुन क्षेत्रीहरु भएको कुरामा जोड दिनु भयो । नेपालका शासक वर्ग विदेशी खस अार्यहरुले शब्द जाल रचेर उनिहरु अनादिवासी भन्दै मुलवासी बन्न खोजिरहेका छन् पनि उहाँले बताउनु भयो । साथै हामी मुलवासी मंगोल वर्णका मानव समुदयहरु मंगोलिया देशबाट अाएका मंगोलियन होइनौं, यहीँ भुमिमा उत्पत्ति भएका भुमिपुत्र मुलवासी मानव भएलो बताउनु हुँदै हाम्रो मानव अस्तित्व मंगोल भएको बताउनु भएको थियो । कार्यक्रममा गण्डकी प्रदेश अध्यक्ष नवीन गुरुङ, पाल्पा जिल्ला सभा सदस्य माया सुनारी मगर, कास्की जिल्ला सभा प्रचारप्रसार सचिव चित्र बहादुर राना मगर, लम्जुङ जिल्ला सभा सदस्य सुर्जङ गुरुङ, स्याङ्जा सभा सल्लाहकार डिल प्रसाद गुरुङ, पोखरा महानगर सभा अध्यक्ष पुर्ण गुरुङ र वालिङ नगर सभा कोषाध्यक्ष जीवन गुरुङले शुभकामना मन्तव्य राख्नु भएको भएको थियो । उक्त कार्यक्रम सम्पन्न गर्नका लागि सहयोगार्थ पुरन गुरुङ ज्युले रु. ५,०००/- र दमराज राना ज्युले रु. ३,०००/- आर्थिक सहयोग गर्नु भएको थियो । कार्यक्रम सञ्चालन कास्की जिल्ला सभा सचिव प्रेम गुरुङले गर्नुभएको थियो भने स्वगत मन्तव्य जिल्ला कोषाध्यक्ष सुर्ज तामाङले गर्नु भएको थियो । कार्यक्रमको सभाअध्यक्षता गरिरहनु भएको कास्की जिल्ला सभाका अध्यक्ष रियाज गुरुङले सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम विसर्जन गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्