आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कुवेतमा पनि दशै बहिस्कार कार्यक्रम सम्पन्न

mongolvision | 20 अक्टोबर 2021

कुवेतमा पनि दशै बहिस्कार कार्यक्रम सम्पन्न


काठमाडौ / मंगोल नेशनल अर्गनाइजेशन  प्रवास सभा कुवेतले कथित दसैं लाई सामुहिक भेला भएर बहिष्कार गरेको छ ।
प्रबास सभा कुबेतका   कोषाअध्यक्ष शुक ब० गुरुङको अध्यक्षतामा अक्टोबर १५ तारीख शुक्रबार  फाहहिल सिसाइड पार्कमा  कथित हिन्दुहरुको चाड दशैं बहिष्कार कार्यक्रम सम्पन्न भएको छ ।
एम.एन.ओ. प्रवास सभा कुवेत   प्रमुख सल्लाहकार   के बि बिश्वकर्माको प्रमुख आतिथ्यतामा दसै बहिस्कार कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा  शुब्बा फ्यूबा तामाङ ,  देबेन्द्र राइ, राम तामाङ  ,झरना गुरुङ , बुद्धि ब०गुरुङ , तुल पुन , टार्जन गुरुङ सदस्यहरु लगायतको उपस्थिति रहेको थियो  । कार्यक्रममा प्रमुख अतिथी बिस्वकर्माले दसै बहिस्कार गर्नु पर्ने कारण बताउदै अब नेपालका मुलबासी मंगोलहरु जहाँ रहे पनि बिदेशी हिन्दु बाहुन छेत्रीहरुको षडयन्त्रहरु लाई चिर्दै जानू पर्नेमा जोड दिनु भयो। कार्यक्रममा   मंगोल  चेलि झरना गुरुङ ले आफु मङोल राजनिति मा नयाँ  भए पनि नेपालमा रहेको मुलवसीहरुको निमित्त  मङोल दर्सन सिद्धान्त सकरात्मक रहेको र सम्पुर्ण मङोल एकता अबको आवश्यकता रहेको जानकारी गराउदै प्रबासमा  रहेका मंगोल  दिदीबहिनीहरुलाइ  मुलवासी महिलाको अधिकार प्राप्ति को लागि  एम एन ओ मा आबद्ध भएर सशक्तिकरण अभियान चलाउने बताउनु भयो । दसैं बहिष्कार कार्यक्रममा प्रचार सचिब  भक्त बहादुर  तामाङ  ,बुद्धि बहादुर गुरुङ  लगायतले पनि आ आफनो मन्तव्य राख्दै दसैं बहिष्कार को औचित्य माथी प्रकाश पार्नु भएको थियो  कार्यक्रममा सभाअध्यक्ष गुरुङले सबै लाई कालो टीका लगाइ दिनु भएको थियो । कार्यक्रम प्रबास सभा कुबेतका सचिव खुमन सिं थापा मगर ले कार्यक्रम सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्