बुधबार 22 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

क्यान्सर पीडित लाई रकम हस्तान्तरण

Dilip Dhimal | 23 अप्रिल 2019

क्यान्सर पीडित लाई रकम हस्तान्तरण

काठमाडौ / धादिङको रोराङ गाउँ पालिका बेनिगढका टिमोर क्यासर पीडित ५ बर्षिय बालक पसाङ नोर्बु तामाङको नाममा संकलन गरिएको सहयोग रकम परिवार लाई हस्तान्तरण गरिएको छ । मंगोल नेसनल अर्गनाइजेसन केन्द्रीय सभाका सदस्य धनमाया तामाङको नेतृत्वमा संककलित १ लाख १६ हजार रुपियाँ बैशाख ९ गते सोमबार संगठनका केन्द्रीय प्रेसिडेन्ट बुद्ध लाल मेचेले केन्द्रीय कार्यलय काठमाडौमा पीडित बालकका बुवा जयराम थिङ तामाङ लाई सो रकम हस्तान्तरण गर्नु भएको केन्द्रीय सदस्य धन माया तामाङले बताउनु भयो । उहाका अनुसार क्यासर पीडित बालकको उपचारका लागि एम एनओ प्रबास सभा हङकङले ६१ हजार , प्रबास सभा दुबई ले १० हजार , प्रबास सभा अफगानिस्तानले २७ हजार , प्रबास सभा मलेसिया ले १२ हजार , मेहर तामाङ ले ३ हजार र बिनिता मगरले ३ हजार सहयोग प्रदान गर्नु भएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा संगठनका केन्द्रीय सदस्य तथा केन्द्रीय सचिबालय सचिब रिन्छेन दोर्जे तामाङ , केन्द्रीय सदस्यहरु मंगोल भक्त खपाङी , धन माया तामाङ , सोम बहादुर गुरुङ , रतन बुढा मगर लगायतको पनि उपस्थिति रहेको थियो । डेढ बर्षको उमेर देखि क्यासर रोग बाट पीडित बालक पासाङ को अहिले कान्ति बाल अस्पताल काठमाडौमा उपचार भइरहेको छ ।

क्यान्सर पीडित लाई रकम हस्तान्तरण

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्