Mongol Vision | 1 सेप्टेम्बर 2021
काठमाडौ / मंगोल नेशनल अर्गनाइजेसन प्रवास सभा कतारकले पुर्ब रुकुमका २ जना क्यान्सर पीडित बिरामी लाई आर्थिक सहयोग प्रदान गरेको छ । कतार प्रबास सभाका अध्यक्ष देबिन्द्र गर्बुजा मगरको संयोजकत्वमा संकलन गरिएको १३०० सय कतारी रियल रकम वोनम्यारो क्यान्सर पीडित दिवस बुढा मगर र आन्द्रा क्यान्सर पीडित विश्वसन बुढा मगर लाई अगस्ट १३ तारिखमा प्रवास सभाका कार्यसमिति सदस्य गोपाल पुन मगर मार्फत नेपाल पठाइएको छ ।
पुर्ब रुकुम जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका वाड नं:१३ पदमी निवासी छलभद्र बुढा मगरको छोरा वर्ष ३३को दिवस बुढा मगर विगत दुई वर्ष देखि वोनम्यारो क्यान्सर र सोही गाउँ पालिकाको वडा नं:१० का निवासी धर्म कुमारी बुढा मगरको छोरा वर्ष १९ को विश्वासन बुढा मगरको आन्द्रा क्यान्सर पीडित भइ उपचार गराइ रहनु भएको छ । उपचारकमा पीडित लाइ केही सहयोग होस भनेर हामिले केही रकम सहयोग गरेका हौ प्रबास सभा कतारका प्रचार प्रसार सचिब बिनोद सिर्बुजा मगर ले बताउनु भयो । प्रवास सभा कतारका वर्तमान कार्यसमिति सक्रिय सदस्य गोपाल पुन मगर र लखन बुढा मगरको सक्रियतामा सभाले सो रकम उठाएको थियो ।संकलित रकम मध्ये दिवस बुढा मगरलाई रु,१७,५०० र विस्वासन बुढा मगर लाई रु,१७,५०० प्रवास सभा कतारका निवर्तमान सल्लाहकार धन बहादुर तामाङले पीडित का परिवार लाई हस्तान्तरण गर्नु भएको थियो। क्यान्सर पीडितदय लाई सहयोग गर्नु हुने सबै लाई प्रबास सभा कतारले धन्यवाद प्रदान गरेको छ ।
त्यस्तै पुर्वरुकुम जिल्ला सिस्ने गाउँ पालिका वडा नं:४ निवासी मुलवासी मंगोल चेलि बिनिता बुढा मगर मार्फत नि बर्तमान सल्लाहकार धन बहादुर तामाङले एक जन असाहय बच्चालाई रु ५००० सहयोग प्रदान गर्नु भएको छ ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology