आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

क्यान्सर रोगी लाई एम एनओ दाङको सहयोग

mongolvision | 19 अक्टोबर 2021

क्यान्सर रोगी लाई  एम एनओ दाङको सहयोग

दाङ / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा र घोराही उप महानगर सभाले क्यान्सर पीडित घोराही उपमहानगर पालिका वडा नं. १२ गुरौ निबासी मंगली घर्ती मगर लाई आर्थिक सहयोग प्रदान गरेको छ । १८ अक्टोबर सोमबार जिल्ला सभा दाङका सचिब पृन्स घर्ती मगरले एक कार्यक्रमका बीच नगर १४,१०० रुपियाँ पीडितका परिवारलाई प्रदान गर्नु भएको थियो । जिल्ला सभा दाङ र घोराही उपमहानगर सभा ले संयुक्त रुपमा उक्त रकम संकलन गरेको थियो । फोक्सो सम्बन्धि क्यान्सर भएर पीडित बन्नु भएको मंगली घर्ती चितवनको भरतपुर क्यान्सर हस्पिटलमा उपचार गराइ रहनु भएको छ । आर्थिक सहयोग रकम हस्तान्तरण कार्यक्रमकै अवसर पारेर वाड न १२ मा एक दिने प्रशिक्षण कार्यक्रम समेत गरिएको छ ।घोराही उप महानगर सभाका अध्यक्ष पुर्ण बहादुर घर्तीको अध्यक्षता एबम जिल्ला सभा सचिब पृन्स घर्तीको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि घर्ती , जिल्ला सभाका कोषाध्यक्ष मन बहादुर पुन ,सह सचिब जितन पुन सदस्य कल्पना चौधरी ,लगायतले सहभागीहरु लाई एम एनओको बारेमा बताउनु भएको थियो । प्रशिक्षण कार्यक्रममा जिल्ला सदस्य सुॠ प्रसाद पुन ,सल्लाहकार वसन्त बुढाथोकी मगर , बाल चन्द्र बुढा लगायत स्थानिय मुलबासी जन समुदायहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।घोराही उपमहानगर सभा का कोषाअध्यक्ष उब्जलाल घर्ती मगरले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम नगर सचिब अंगिता चौधरीले संचालन गरेकी थिइन ।

क्यान्सर रोगी लाई  एम एनओ दाङको सहयोग

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्