बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कमल गाउँपालिका एकता चौकमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

Mongol Vision | 30 नोभेम्बर 2020

कमल गाउँपालिका एकता चौकमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

झापा/ झापाको कमल गाउँपालिका वडा नम्बर -४ स्थित एकता चौकमा मंगोल राष्ट्रवाद सम्वन्धी एकदिने खुल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
मंगोल नेशनल अर्गनाइजेशन कमल गाउँसभाको सक्रीयतामा सम्पन्न भएको उक्त प्रशिक्षण कार्यक्रममा प्रेमबहादुर लिम्बूको सभाध्यक्षता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा संगठनका केन्द्रीय सदस्य सान मेचे र विशिष्ट अतिथिमा झापा जिल्ला अध्यक्ष लासिम हाङ मंगोल थिए । प्रशिक्षण कार्यक्रमलाई प्रमुख अतिथि मेचेले लिखित साथै मौखिक रुपमा प्रशिक्षण प्रदान गरेका थिए । हिन्दूवाद, बाहुनवादले मूलवासी मंगोलहरुलाई आजसम्म शाब्दिक हतियारले मारेको कुरा प्रशिक्षक मेचेले बताए । प्रशिक्षणकै क्रममा उहाँले आदिवासी, जनजाती, मूलवासी र मंगोल शव्दबारे पनि उपस्थित लोकसमुदायलाई प्रष्ट पारेका थिए । बिजयराज लिम्बूको स्वागत मन्तव्य संगै सुरुवात गरिएको उक्त प्रशिक्षण कार्यक्रममा विशिष्ट अतिथी लासिम हाङ मंगोलले संगठनको सिद्धान्तबारे प्रष्ट पारे । कार्यक्रममा एमएनओ चुलाचुली गाउँसभा इलामका सचिव सुन्दर ओजि लिम्बूको पनि उपस्थिति थियो भने कार्यक्रम कमल गाउँसभा सह-सचिव हिजन राईले सञ्चालन गरेका थिए ।

कमल गाउँपालिका एकता चौकमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्