Mongol Vision | 1 अक्टोबर 2020
झापा/ मंगोल नेशनल अर्गनाइजेशन कमल गाउँ सभाको सक्रीयतामा कमल गाउँपालिका वडा नम्बर- ४ स्थित जोगिचौन चौकमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
1 अक्टोबर बिहिवारका दिन जोगिचौनका स्थानीय निवासी धनरुप नेम्बाङको सभाध्यक्षता र मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सभाका सदस्य सान मेचेको प्रमुख आतिथ्यतामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संगठनका वैकल्पिक केन्द्रीय सदस्य देबेन्द्र साम्पाङको विशिष्ट आतिथ्यता रहेको थियो भने झापा जिल्ला अध्यक्ष लासिम हाङ मंगोल र झापा जिल्ला प्रचारप्रसार सचिव भरत राई आतिथिको रुपमा रहेका थिए ।
प्रमुख अतिथि मेचेले उपस्थित भेलालाई लेखित तथा मौखिक रुपमा प्रशिक्षण प्रदान गरेका थिए भने आदिवासी जनजाती र मूलवासी मंगोल शब्द र त्यसको अर्थ र असर बारे पनि बृहत् रुपमा प्रष्ट पारे । कमल गाउँसभाका सहसचिव हिजन राईको स्वागत मन्तव्य संगै सुरुवात भएको उक्त कार्यक्रममा विशिष्ट अतिथी देबेन्द्र साम्पाङ, अतिथिद्धय लासिम हाङ मंगोल र भरत राईले पनि आ-आफ्नो मन्तव्य व्यक्त गरे । त्यसैगरी कार्यक्रममा जोगिचौनका स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति बीच सम्पन्न भएको कार्यक्रमलाई कमल गाउँसभाका सचिव सुवास तुम्रोक लिम्बूले सञ्चालन गरेका थिए ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology