बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कमल गाउँपालिकाको सिम्लेमा मंगोल प्रशिक्षण

mongolvision | 29 जनवरी 2022

कमल गाउँपालिकाको सिम्लेमा मंगोल प्रशिक्षण


झापा/ मंगोल नेशनल अर्गनाइजेशन कमल गाउँ सभाको आयोजनामा कमल्गाउँपालिका -५ स्थित चाेलुङ फक्ताङ्लुङ ( सिम्ले) टोलमा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम एम. एन. ओ. कमल गाँउ सभा अध्यक्ष हिजन राईको सभाध्यक्षतामा एवं एम. एन. ओ. १ नं प्रदेश सदस्य रुद्र राई ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथिमा एम.एन.ओ जिल्ला सभा झापाका कोषाध्यक्ष वीरवल योङहाङ र झापा जिल्ला सदस्य प्रेम बहादुर लिम्बु रहनुभएको थियो भने अतिथिहरु दमक नगर सभा अध्यक्ष दिपेश राई,चुलाचुली गाउँसभा अध्यक्ष चन्द्र केरुङ लिम्बु, कमल गाउँसभा प्रचारप्रसार सचिव रञ्जन चाम्लिङ, सदस्य जनकराज तामाङ, स्थानीय एम. एन. ओ कमल गाँउ सभाका पूर्व सचिव साथै सल्लाहकार सुबाश तुम्रोक लिम्बु रहनुभएको थियो । 
                  कार्यक्रममा अतिथिहरु सुबास तुम्रोक लिम्बु, दिपेश चाम्लिङ राई,चन्द्र केरुङ लिम्बू, विशिष्ट अतिथिद्वय प्रेम लिम्बू र वीरवल योङहाङले मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथिले उपस्थित लोक समुदायहरुलाई मंगोलवाद सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षणको दौरानमा उहाँले अबको दिनमा आफ्नो हक, अधिकार, अस्तित्व प्राप्तिको निमित्त र मुलुकको दिगो विकास र समृद्धिको निमित्त आफ्नो अमुल्य मत भाले चिन्हमा खसाल्नु पर्ने कुरामा जोड दिनुभयो । स्थानीय लोक समुदायहरुको सौहार्दपूर्ण उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम कमल गाँउसभा सचिव विजय हाङ लिम्बुले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्