Lassim Hang Mongol | 28 अप्रिल 2019
झापा/ मंगोल नेशनल अर्गनाइजेशन झापाको कमल गाउँपालिकाको आयोजनमा एकदिने मंगोल राष्ट्रवाद विषयमा प्रशिक्षण सम्पन्न भएको छ । 28 अप्रीलका दिन कमल गाउपालिका सभाका अध्यक्ष प्रेम कुमार लिम्बूको अध्यक्षता र संगठनका केन्द्रीय सदस्य एवम् केन्द्रीय आर्थिक विभाग सभाका सदस्य सान बहादुर मेचेको प्रमुख आतिथ्यता र मंगोल नेशनल अर्गनाइजेशन प्रदेश नम्बर एक सचिव सागर राईको विशिष्ट आतिथ्यतामा कमल गाउँपालिका वडा नम्बर ६ स्थित पारुहाङ चौकमा मंगोल राष्ट्र सम्बन्धि एकदिने प्रशिक्षण भएको हो । मंगोल नेशनल अर्गनाइजेशन एक मात्र सत्यको वकलात गर्ने संगठन भएको र सम्पूर्ण अहिन्दू मूलवासी मंगोलको साझा घर रहेकोले एमएनओ को विकल्प अर्को नभएकोले सम्पुर्णलाई एमएनओ मा आबद्ध भई भावी सन्ततिको उज्वल भविष्यको निम्ति एक हुन प्रमुख प्रशिक्षक मेचेले आह्वान गर्नु भयो । विशिष्ट अतिथी प्रदेश नम्बर एक सचिव सागर राईले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाला अध्यक्ष लासिम हाङ मंगोलले सन्चालन गरेका थिए ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology