शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कमल गाउँपालिकामा एम. एन. ओ. को कार्यक्रम

mongolvision | 26 फेब्रुअरी 2022

कमल गाउँपालिकामा  एम. एन. ओ. को कार्यक्रम


झापा/ मंगोल नेशनल अर्गनाइजेशन कमल -४ वडा सभाको आयोजनामा  कमल-४ स्थित एकता टोलमा एकदिने मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

उक्त कार्यक्रम एम. एन. ओ. कमल- ४ अध्यक्ष राम लाल राईको सभाध्यक्षतामा एवं एम. एन.ओ. १ नं प्रदेश सभा सदस्य लासिमहाङ मंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथि एम.एन.ओ झापा जिल्ला अध्यक्ष बानिरा मेचे रहनुभएको थियो भने अतिथिहरुमा झापा जिल्ला सदस्य प्रेम लिम्बू,  कमल गाउँसभाध्यक्ष हिजन राई , कोषाध्यक्ष सुक बहादुर इधिंगो, सहसचिव राम राई, प्रचारप्रसार सचिव रञ्जन चाम्लिङ राई, सदस्य जनकराज तामाङ रहनुभएको थियो । 
                 
 कार्यक्रममा अतिथि प्रेम लिम्बू, विशिष्ट अतिथि बानिरा मेचेले मन्तव्य राख्नुभएको थियो भने प्रमुख अथिती लिम्बूले उपस्थित लोक समुदायहरुलाई मानव उत्पति, एम . एन. ओ. को राजनैतिक उद्देश्य र अवधारणाका साथै मंगोलवाद सम्बन्धी प्रशिक्षण  प्रदान गर्नुभएको थियो । प्रशिक्षणको दौरान उहाँले अबको दिनमा आफ्नो हक, अधिकार, अस्तित्व प्राप्तिको निमित्त र मुलुकको दिगो विकास र समृद्धिको निमित्त आफ्नो अमुल्य मत भाले चिन्हमा खसाल्नु पर्ने कुरामा जोड दिनुभयो । स्थानीय लोक समुदायहरुको सौहार्दपूर्ण उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम कमल गाँउसभा  सचिव विजयहाङ लिम्बूले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्