सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कमल गाउँपालिकामा एम. एन. ओ. को प्रशिक्षण

mongolvision | 3 मार्च 2022

कमल गाउँपालिकामा एम. एन. ओ. को प्रशिक्षण


झापा/ मंगोल नेशनल अर्गनाइनेशन कमल गाउँसभाको आयोजनामा कमलगाउँपालिका स्थित सानो केर्खाको बिट टोलमा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 
२ मार्च २०२२ का दिन सम्पन्न उक्त कार्यक्रम कमल गाउँसभा अध्यक्ष हिजन राईको सभाध्यक्षतामा एवं संगठनका १नं. प्रान्तीय सभाका सदस्य लासिमहाङ मंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 
 कार्यक्रममा विशिष्ट अतिथि प्रेम लिम्बूले मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथि लासिमहाङ मंगोलले मानव उत्पत्ति, अस्तित्व र पहिचानका साथै मंगोल नेशनल अर्गनाइजेशनको राजनैतिक अवधारणा र उद्देश्यको बारेमा स्थानीय लोक समुदायलाई प्रष्ट्याउनु भएको थियो । प्रशिक्षणको दौरानमा मूलबासी मंगोलहरुको अस्तित्व र अधिकार संगै मुलुकको दिगो विकास र प्रगतिको निमित्त आगामी निर्वाचनमा कुखुराको भालेमा मतदान गर्न सबैमा आव्हान गर्नुभयो । गाउँसभा सदस्य जनक राज तामाङले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रम प्रचारप्रसार सचिव रञ्जन चाम्लिङले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्