बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कमल गाउँपालिकामा एमएनअोको वडा सभा

mongolvision | 24 अक्टोबर 2021

कमल गाउँपालिकामा एमएनअोको वडा सभा


झापा/ मंगोल नेशनल अर्गनाइजेशन प्रथम कमल गाउँ पालिका अधिवेशन मूलअायोजक सभाको अायोजनामा कमल गाउँपालिका वडा नं. -६ सभा गठन भएको छ ।
24 अक्टोबर अाइतबारको दिन प्रथम कमल गाउँपालिका अधिवेशन मूलअायोजक सभाका संयोजक प्रेम लिम्बूको अध्यक्षता साथै १४ अौं झापा जिल्ला अधिवेशन मूलअायोजक सभाको संयोजक लासिमहाङ लिम्बूको प्रमुख अातिथ्यता र सचिव बानिरा मेचेको विशिष्ट अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको ह‍ो । मंगोलवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम साथै भवानी लिम्बूको अध्यक्षतामा १३ सदस्यीय वडा सभा गठन भएको छ । कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि र दमक नगर सभाका सचिव थमानसिङ राईले नवगठित वडा सभाका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । विजयराज लिम्बूले स्वागत गरेको कार्यक्रमलाई हिजन राईले सञ्चालन गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्