मङ्गलबार 19 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कमल गाउँपालिकामा मंग‍ोलको प्रशिक्षण सम्पन्न

Mongol Vision News | 18 सेप्टेम्बर 2019

कमल गाउँपालिकामा मंग‍ोलको प्रशिक्षण सम्पन्न

झापा / मंगोल नेशनल अर्गनाइजेशन कमल गाउँसभाको सक्रियतामा कमल गाउपालिका वडा नं. ६ स्थित झारवारीमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
अाज तदनुसार १८ सेप्टेम्बर २०१९ बुधबारका दिन मंग‍ोल नेशनल अर्गनाइजेशन कमल गाउँ सभाका अध्यक्ष प्रेम लिम्बूक‍ो सभाध्यक्षता साथै झापा जिल्ला सभाका अध्यक्ष लासिमहाङ मंगोलको प्रमुख अातिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कमल गाउँपालिकामा मंग‍ोलको प्रशिक्षण सम्पन्न

कार्यक्रममा झारबारीका स्थानीय लिम्बू समुदायका मंगोलहरुको उल्लेखनीय उपस्थिति रहेक‍ो थियो ।
उपस्थित लोकसमुदायहरुलाई कार्यक्रमका प्रमुख अतिथि साथै मुख्य प्रशिक्षक लासिमहाङ मंगोल ज्युले मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रमुख अतिथि लिम्बूले मानव अस्तित्वको विषयमा बुझाउदै र मंगोल राष्ट्रवाद सम्बन्धि बृहत् प्रशिक्षण प्रदान गर्दै यहाँका शासक भनाउदा विदेशि बाहुन क्षेत्रीहरुले शब्दरुपी हतियारक‍ो रुपमा मंगोललाई मास्नको निम्ति मंगोलको विपरीत शब्द जनजाति र मूलवासीको विपरीत शब्द अादिवासी जस्ता शब्दहरु प्रयोग गरेक‍ो कुरामा दावी गर्नुभएक‍ो थियो । उक्त कार्यक्रम झापा जिल्ला सभाका सचिव बानिरा मेचेले सञ्चालन गरेकी थिइन भने कार्यक्रमका सभाध्यक्ष प्रेम लिम्बूले अाफ्नो भनाइ सहित कार्यक्रम विधिवत रुपमा समापन भएको घोषणा गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्