बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कमल गाउँपालिकामा प्रशिक्षण साथै वडा गठन

mongolvision | 30 अक्टोबर 2021

कमल गाउँपालिकामा प्रशिक्षण साथै वडा गठन

 
      झापा / मंगोल नेशनल अर्गनाइजेशन कमल गाउँसभाको आयोजनामा कमल -४ स्थित एक प्रशिक्षण कार्यक्रमको दौरानमा वडा सभा गठन भएको छ । उक्त कार्यक्रम कमल गाउँसभा अधिवेशन मूल आयोजक सभाका अध्यक्ष प्रेम लिम्बूको सभाधयक्षतामा एवं एम. एन. ओ. केन्द्रिय सदस्य सान मेचे ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । त्यसैगरी विशिष्ट अतिथिमा दमक नगर सभाध्यक्ष दिपेश कुमार राइ रहनुभएको थियो । 
कार्यक्रममा उपस्थित स्थानीय लोक समुदायहरुलाई मानव उत्पत्ति, अस्तित्व र पहिचान, आदिवासी, जनजाती र मूलबासी विचको फरकको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । 
            उक्त कार्यक्रमकै बिच रामलाल राईको अध्यक्षता १२ सदस्यीय कमल -४ वडा सभा गठन भएको छ । सचिव, सहसचिव, कोषाध्यक्षमा क्रमश: 
राम राई, टंकराज राई, लाल बहादुर तामाङ रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा चन्द्र विक्रम राइ, मोहन हर्क राई, रिट्ठिमाया राई, मनोज राई, गजेन्द्र राई, पदम तामाङ, राज कुमार राई, विष्णु लावती र कुमार राई रहनुभएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्