आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कमल गाउँ सभाको प्रथम अधिबेशन मंसिरमा

mongolvision | 21 अक्टोबर 2021

कमल गाउँ सभाको प्रथम अधिबेशन मंसिरमा


झापा / मंगोल नेशनल अर्गनाइजेशन कमल गाँउ सभाको ऐतिहासिक  प्रथम गाउँ अधिबेशन आउदो मंसिरमा हुने भएको छ ।
गाउँ सभाका अध्यक्ष प्रेम आङ्बुहाङको अध्यक्षतामा बिहीवार बसेको बैठकले ऎतिहासिक प्रथम गाउँ अधिबेशनको  आउदो  मंसिर ११ गते तदनुसार  नोभेम्बर २७ तारिखका  कमल-०५ मा गर्ने निर्णय गरेको अध्यक्ष आङ्बुहाङले बताए ।
बैठकले बतमान गाउँ सभा अध्यक्ष प्रेम आङबुहाङज्यूको संयोजकत्वमा ३३ सदस्यीय प्रथम अधिवेशन मूल आयोजक सभा समेत निर्माण गरेको छ  । मूल आयोजक सभाको सचिव, कोषाध्यक्ष, सह-सचिव, प्रचारप्रसार सचिव, सल्लाहकार, सदस्यमा क्रमशः हिजन राई ,सुकबहादुर सुब्बा ,विजयराज लिम्बू ,रंजन राई, जनक लामा,भगिश्वर मगर,सान्ता लिम्बू, कला चेम्जोङ लिम्बू ,जमुना चेम्जोङ ,राम प्रकाश राई,महेन्द्र कुमार राई,सुनिल राई, थमन सिङ राई ,दिपेश चाम्लिङ राई  आदि रहेका छन । बैठकमा  थमन राई,जनक तामाङ र दिपेश राईले गाउँ अधिबेशन कसरी भब्य रुपमा सम्पन्न गर्न सकिन्छ भन्ने बारेमा आ आफ्नो धारणा राखेका थिए । बैठक गाँउ सभा सचिव हिजन् राईले सञ्चालन गरेका थिए।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्