बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कमल गाउँ सभा कार्यलयको उत्घाटन

Mongol Vision | 22 डिसेम्बर 2020

कमल गाउँ सभा कार्यलयको उत्घाटन

 झापा / मंगोल नेसनल अर्गनाइजेसन कमल गाउँ सभाले एक कार्यक्रम गर्दै आफनो कार्यलयको उदघाटन गरेको छ । 
   डिसेम्बर २० का दिन संगठनका केन्द्रिय सदस्य तथा केन्द्रीय आर्थिक सभा सदस्य सान बहादुर मेचेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको एक कार्यक्रमको बीच प्रमुख अतिथी मेचेले रिबन काटेर कार्यलयको उदघस्टन गर्नु भएको थियो । 
   उदघाटन कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथी मेचेले अबको अन्तिम बिकल्प भनेकै एम एनओ भएकाले समपुर्ण मुलबासी मंगोलहरु यसैमा आवद्ध हुनु पर्ने बताउनु भयो । त्यस्तै उहाले कार्यकर्ताहरु लाई अब हुने चुनाव लाई मध्य नजर गर्दै त्यही अनुसार काम गर्न निर्देश दिनु भएको छ । 
    कार्यक्रममा झापा जिल्ला सभाका सचिब बानिरा मंगोल , सदस्य भानु धिमाल , दिपेश राई , सुन्दर राइ र चन्द्र केरुङ लगायतले पनि आ आफनो मन्तब्य राख्नु भएको थियो । 
  कमक गाउँ सभाका अध्यक्ष प्रेम लिम्बुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मधुकरण राई र मनिका राइले संयुक्त रुपमा सहभागीहरु लाई स्वागत मन्तब्य राख्दै स्वागत गर्नु भएको थियो । यसै बीच कार्यक्रमकै अवसर पारेर कमल गाउँ पालिका वाड न ५ मा रजत राइको अध्यक्षतामा १७ सदस्यीय वाड सभा गठन भएको छ । वाड सभाको सचिब , सह सचिब ,कोषाध्यक्षमा क्रमश सुनिल राई , शुसन पुलामी ,जनक राज तामाङ रहेका छन भने अमिर राई ,बिक्रम राई , राज कुमार मगर , संजोक राई , श्यम किस्कु , पवन मगर , अबिशेक राई , सुबास धिमाल , शुभेच्छा राई , निमिता राई , मिना राई र सतिम राई वाड सभाको सदस्य रहेका छन । नव गठित वाड सभाका पधाधिकारीहरु लाई कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य सान बहादुर मेचेले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

कमल गाउँ सभा कार्यलयको उत्घाटन

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्