Mongol Vision News | 28 सेप्टेम्बर 2019
झापा/ मंगोल नेशनल अर्गनाइजेशन कमल गाउँ सभाको पहलमा कमल वडा नम्बर-५ सिम्ले स्थित फार लाईनमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सम्पन्न भएको छ । २८ सेप्टेम्बर शनिवारका दिन कमल गाउँसभाका अध्यक्ष प्रेम बहादुर लिम्बूको अध्यक्षता र संगठनका केन्द्रीय सदस्य एवम् केन्द्रीय आर्थिक विभाग सदस्य सान बहादुर मेचेको प्रमुख आतिथ्यतामा उक्त प्रशिक्षण कार्यक्रम भएको हो । प्रमुख अतिथी तथा प्रमुख प्रशिक्षक मेचेले लिखित तथा मौखिक रुपमा उपस्थित फार लाईनका मंगोलप्रेमी महानुभावहरुलाई प्रशिक्षित गराउनु भयो ।
प्रशिक्षक मेचेले मानव अस्तित्व लगायत समसामयिक राजनितीबारे प्रष्ट पार्नु भयो । हामिले यतिबेला अस्तित्वको लडाई लड्ने बेला पहिचानको नारा अगाडी ल्याईरहेकोले यसबारे नझुक्किनु पनि प्रशिक्षक मेचेले आह्वान गर्नु भयो । कार्यक्रम मंगोल नेशनल अर्गनाइजेशन एक नम्बर प्रदेश सदस्य रुद्र मंगोलको विशिष्ट आतिथ्यता रहेको थियो भने इलाम जिल्ला एमएनओ चुलाचुली गाउँसभाका अध्यक्ष चन्द्रबहादुर केरुङको उपस्थिति रहेको थियो । उक्त प्रसिक्षण कार्यक्रममा कमल गाउँपालिका सिम्ले फार लाईनका लिम्बू समुदायका बाक्लो उपस्थिति रहेको थियो भने एमएनओ झापा जिल्ला सभाका अध्यक्ष लासिम हाङ मंगोलले कार्यक्रम सन्चालन गरेका थिए ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology