शनिबार 18 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कमल गाउँसभाको विभिन्न भेगमा मंगोल राष्ट्रवाद सम्बन्धी एकदिने खुल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न

Mongol Vision News | 14 जून 2019

कमल गाउँसभाको विभिन्न भेगमा मंगोल राष्ट्रवाद सम्बन्धी एकदिने खुल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न

झापा/ मंगोल नेशनल अर्गनाइजेशनको मेरुदण्डको रुपमा चिनिन्दै आएको झापा जिल्ला ऐतिहासिक जिल्लाको रुपमा रहेको छ । मंगोल राष्ट्रवाद फैलाउने क्रममा झापाको विभिन्न भेगहरुमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

      14 Jun शुक्रबारका दिन मंगोल नेशनल अर्गनाइजेशन कमल गाउँपालिका सभाको सक्रीयतमा एकदिने मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कमल गाउँसभाका अध्यक्ष प्रेम बहादुर लिम्बू ज्युको अध्यक्षता र संगठनका केन्द्रीय सदस्य एवम् केन्द्रीय आर्थिक विभागका सदस्य सान बहादुर मेचे ज्युको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम भएको हो । यसैगरी विशिष्ट अतिथी मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाका अध्यक्ष लासिम हाङ मंगोल रहनु भएको थियो । प्रशिक्षणको क्रममा प्रमुख अतिथि मेचे ज्युले मानव अस्तित्व लगायत सांगठनिक रुपमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । मतव्यकै क्रममा मेचे ज्युले आदिवासी जनजाती र मूलवासी मंगोल शव्दबारे पनि प्रष्ट पार्नु भयो ।

कमल गाउँसभाको विभिन्न भेगमा मंगोल राष्ट्रवाद सम्बन्धी एकदिने खुल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न

        यसैगरी कमल गाउँपालिका वडा नम्बर पाँच पारुहाङ चौकका स्थानिय मंगोलप्रेमी हिजन राईको विशेष पहलमा पारुहाङ चौक स्थित वहाँकै निवासमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम भएको छ । एमएनओ कमल गाउँसभाका अध्यक्ष प्रेम बहादुर लिम्बू ज्युको सभाध्यक्षता र संगठनका केन्द्रीय सदस्य एवम् केन्द्रीय आर्थिक विभागका सदस्य सान बहादुर मेचे ज्युको प्रमुख आतिथ्यतामा उक्त प्रशिक्षण कार्यक्रम भएको हो । प्रशिक्षण प्रदान गर्ने क्रममा मेचे ज्युले उपस्थित मंगोलप्रेमि महानुभावहरुलाई मंगोल मुक्तिको अन्तिम विकल्प एमएनओ मात्र भएको बताउनु भयो । त्यस्तै अबको ३ वर्षभित्रमा कमल गाउँसभालाई मंगोलमय बनाउने अध्यक्ष प्रेम लिम्बूले बताउनु भयो । कर्यक्रममा विशिष्ट अतिथिको रुपमा मंगोल नेशनल अर्गनाइजेशन झापा जिल्ला सभाका अध्यक्ष लासिम हाङ मंगोल रहनु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्