बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कमल गाँउपालिकामा प्रशिक्षण कार्यक्रम

Mongol Vision News | 25 मे 2019

कमल गाँउपालिकामा प्रशिक्षण कार्यक्रम

झापा / मंगोल नेशनल अर्गनाइजेसन कमल गाउँपालिका अन्तर्गत वार्ड नं ४ स्थिति एकता टोलमा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मंगोल नेशनल अर्गनाइजेसन कमल गाँउपालिका गाउँ सभाकाअध्यक्ष अहिन्दु मुलवासी मंगोल प्रेम लिम्बुको पहलमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा स्थानीय एकता टोलका अहिन्दु मुलवासी मंगोलहरुको उपस्थित रहेको थियो । कमल गाँउपालिका गाँउसभाका अध्यक्ष प्रेम लिम्बुको अध्यक्षतामा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि तथा मुख्य प्रशिक्षक केन्द्रिय सर्वोच्च सभा सदस्य साथै केन्द्रिय आर्थिक विभागका सदस्य सान बहादुर मेचेले मानव उत्पत्तिबारेमा प्रस्ट्याउदै हामी नेपालका बृहत मुलवासी मंगोल समुदायहरु सदियौं वर्षदेखि आर्य बाहुनक्षेत्रीको हेपाहा नीतिमा पिल्सिएकोले अब एकजुट भएर हिन्दु आर्यको राजनीति एकाधिकार तोड्नु पर्ने र मंगोल नेशनल अर्गनाइजेसनको गाँउ-गाँउ जाऔं - मुलवासी मंगोल जगाऔं , अस्तित्व बचाउ !अभियानमा कोहि पनि छुट्नु नहुने धारणा व्याक्त गर्दै यो माहान अभियानमा तपाई हाम्रो सानो सहयोग नै इतिहास बदल्ने सुवर्ण मौका रहने प्रष्ट पारेका थिए ।

कमल गाँउपालिकामा प्रशिक्षण कार्यक्रम

 झापा जिल्ला सभाका सचीव बानिरा मेचेले संचालन गरेको उक्त प्रशिक्षण कार्यक्रममा कमल गाँउसभाका सचीव सुक बहादुर लिम्बुले स्वागत मन्त्यब्य राखेको थिए ।त्यस्तै उक्त प्रशिक्षण कार्यक्रममा एमएनओ सर्वोच्च सभा सदस्य तथा मंगोल भिजन रास्ट्रीय साप्ताहि पत्रीकाका प्रवन्ध निर्देशक राज कुमार गुरुङ ,झापा जिल्ला अध्यक्ष लासिमहाङ मंगोलको पनि उपस्तिथि रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्