आइतबार 5 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कमलको भुजेल टोलमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण

mongol vision | 7 मार्च 2021

कमलको भुजेल टोलमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण

झापा/ मंगोल नेशनल अर्गनाइजेशन कमल गाउँ सभाको सक्रीयतामा कमल गाउँपालिका वडा नम्बर - ४ भुजेल टोलमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कमल गाउँ सभा अध्यक्ष प्रेम लिम्बूको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा झापा जिल्ला अध्यक्ष लासिम हाङ मंगोलको प्रमुख आतिथ्यता रहेको थियो । कमल गाउँ सभाका सक्रीय सदस्य विजयराज लिम्बूले उपस्थित लोकसमुदायहरुलाई लिखित तथा मौखिक रुपमा मंगोल राष्ट्रवाद सम्वन्धि प्रशिक्षण प्रदान गरेका थिए भने प्रशिक्षणकै दौरान लिम्बूले नेपालको इतिहासबारे अदेखा सचाई प्रष्ट पारे । प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि लासिम हाङ मंगोलले वर्तमान राजनितीक परिवेशलाई प्रष्ट पार्दै मंगोलहरुको मुक्तिको अन्तिम विकल्प एम एनओ मात्र रहेको कुरा बताउँदै चुनाव चिन्ह भालेमा मतदान गर्न अनुरोध गरेका थिए । स्थानीय भुजेल टोलका मूलवासि मंगोल समुदायका उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रम कमल गाउँ सभाका सह सचिव हिजन राईले सञ्चालन गरेका थिए भने एम एनओ कमल वडा नम्बर - ४ का अध्यक्ष रञ्जन राई र सदस्य जनक तामाङले आ-आफ्ना मन्तव्य राखे । कार्यक्रममा एम एनओ दमक नगर सभाका अध्यक्ष र सचिव क्रमश: दिपेश कुमार राई र थामन सिंह राईको पनि उपस्थिति रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्