शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कमलको भलायो डाँडा सगरमाथा टोलमा प्रशिक्षण साथै टोल सभा गठन

mongol vision | 3 अप्रिल 2021

कमलको भलायो डाँडा सगरमाथा टोलमा प्रशिक्षण साथै टोल सभा गठन

झापा/ मंगोल नेशनल अर्गनाइजेशन कमल गाउँसभाको आयोजनामा कमल वडा नम्बर ४ भलायो डाँडा सगरमाथा टोलमा मंगोलवाद सम्बन्धि प्रशिक्षण सँगै टोल सभा गठन भएको छ ।

3 अप्रील शनिवारको दिन कमल गाउँसभा अध्यक्ष प्रेम बहादुर लिम्बूको सभाध्यक्षता र केन्द्रीय सर्वोच्च सभा सदस्य सान मेचेको प्रमुख आतिथ्यतामा सम्पन्न प्रशिक्षण कार्यक्रमको बीच मनिकुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय टोल सभा गठन भएको हो । जसको सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः सुरज चेम्जोङ, वीर बहादुर धिमाल र बिजय चेम्जोङ रहेका छन् । त्यस्तै अन्य सदस्यहरुमा चन्द्रमाया भुजेल, दिलिप नेपाली, डम्बर कुमारी श्रेष्ठ, प्रदिप श्रेष्ठ, विनिता श्रेष्ठ, पदमा धिमाल र बल बहादुर धिमाल छन् । कमल ५ वडा सभाका अध्यक्ष रञ्जन राईको स्वागत मन्तव्य संगै सुरुभएको उक्त प्रशिक्षण कार्यक्रममा प्रवास सभा दुवैका अध्यक्ष अमर धिमालको पनि आतिथ्यता झापा जिल्ला अध्यक्ष लासीम हाङ मंगोलको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रमको प्रमुख अतिथी मेचेले उपस्थित भेलालाई सम्बोधन गर्नुहुँदै मंगोलवाद सम्बन्धि प्रशिक्षण प्रदान गर्नुभयो । प्रशिक्षणकै क्रममा उहाँले नेपाललाई लागेको मुख्य रोग वर्णभेदि नीति भएकोले यसको अन्त्यको लागि मंगोलवाद मात्र भएको प्रष्ट पारे । यसैगरी कार्यक्रममा विशिस्ट अतिथि लासीम हाङ मंगोल लगायत अतिथी प्रवास सभा दुवैका अध्यक्ष अमर धिमालले पनि आ-आफ्नो मन्तव्य राखे भने कार्यक्रमलाई कमल गाउँसभा सहसचिव हिजन राईले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्