बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कमलमा प्रशिक्षण साथै वडा सभा पुनर्गठन

mongolvision | 22 जनवरी 2022

कमलमा  प्रशिक्षण साथै वडा सभा पुनर्गठन


         झापा/ मंगोल नेशनल अर्गनाइजेशन कमल -४ वडा सभाको आयोजनामा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण साथै वडा सभा पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम एम. एन. ओ. कमल -४ वडा सभा अध्यक्ष रामलाल राईको सभाध्यक्षतामा एवं एम. एन. ओ. जिल्ला सभा झापाका सचिव सागर दर्जी ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथि कमल गाउँसभा अध्यक्ष हिजन राई रहनुभएको थियो भने अतिथिहरुमा दमक नगर सभा अध्यक्ष दिपेश राई, कमल गाउँसभा प्रचारप्रसार सचिव रञ्जन चाम्लिङ, सदस्य जनकराज तामाङ, स्थानीय समाजसेवी विन्द प्रसाद राई र पदम कुमार राई रहनुभएको थियो । 
                  कार्यक्रममा दिपेश राई र हिजन राईले मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथिले उपस्थित लोक समुदायहरुलाई मंगोलवाद सम्बन्धी प्रशिक्षणमा प्रदान गर्नुभएको थियो । प्रशिक्षणको दौरानमा उहाँले अबको दिनमा आफ्नो हक, अधिकार, अस्तित्व प्राप्तिको निमित्त र मुलुकको दिगो विकास र समृद्धिको निमित्त आफ्नो अमुल्य मत भाले चिन्हमा खसाल्नु पर्ने कुरामा जोड दिनुभयो । कार्यक्रमकै अवसर पारेर रामलाल राईको अध्यक्षतामा १४ सदस्यीय वडा सभा पुनर्गठन भएको छ । सचिव, कोषाध्यक्ष, सहसचिव र प्रचारप्रसार सचिवमा क्रमशः कमल राई, लाल बहादुर तामाङ, 
गोपाल राई, विन्दा प्रसाद राई रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा मिना गुरुङ, पदम तामाङ, विष्णु लावती, हाङ्मा सुब्बा, रवि राई, दुर्गा माया राई, पदम कुमार राई, विन्द्रा कुमार राई र शम्भु मादेन रहनुभएको छ । स्थानीय लोक समुदायहरुको सौहार्दपूर्ण उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम कमल नगरसभा सहसचिव राम राईले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्