शनिबार 21 फेब्रुअरी 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कपिलबस्तु/ एमएनओ बुद्धभुमी तदर्थ नगर सभा गठन तथा एकदिने मंगोलवाद प्रशिक्षण कार्यक्रम सम्पन्न ।

Mongol Vision | 2 अप्रिल 2025

कपिलबस्तु/ एमएनओ बुद्धभुमी तदर्थ नगर सभा गठन तथा एकदिने मंगोलवाद प्रशिक्षण कार्यक्रम सम्पन्न ।

आज दिनांक 02 April 2025 तदनुसार २०८१/१२/२० गते बुधबारका दिन मंगोल नेशनल अर्गनाइजेशन कपिलवस्तु जिल्ला सभा अन्तर्गत बुद्धभुमी नगर वार्ड नं २ पुरैना गोरुसिंङ्गेमा सुर्य ब.थापा मगरको सभाध्यक्षतामा तथा MNO केन्द्रिय सर्वोच्च सभा सदस्य शिव ब.गुरुङ ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

बिशिस्ट अतिथिको रुपमा एमएनओ लुम्बिनी प्रान्तीय सभाका सदस्य तथा लेखा आयोग संयोजक सलन चिदी मगर, अतिथिहरुमा क्रमशः एमएनओ लुम्बिनी प्रान्तीय सभाका सदस्य ईन्द्र ब.नेपाली, एमएनओ रुपन्देही जिल्ला सभाका अध्यक्ष सृजना गुरुङ र एमएनओ कपिलवस्तु जिल्ला संयोजक केशर सुर्यबंशी मगर ज्युहरु रहनु भएको थियो। एमएनओ बुद्धभुमी तदर्थ नगर सभामा १४ जना सहित ऋषि ब.पल्ली मगरको अध्यक्षतामा तदर्थ सभा गठन भएको थियो जसमा सचिव,कोषाध्यक्ष सहसचिव क्रमशः महन सिं थापा मगर,देवकला घर्तिमगर,दिननाथ श्रेष्ठ सदस्यहरुमा वसन्त ब.दमाई,दिपक रेश्मी मगर,श्याम ब.पल्लिमगर,आशिका पल्लिमगर,पदमा पुनमगर,ईन्द्र ब.गुरुङ,शान्ता मरसाई मगर,तिर्थ ब.सारु र गंगा थापा सल्लाहकारमा सुर्य ब.थापा र कमान सिं बि.क.रहनु भएको थियो 

उक्त कार्यक्रममा अतिथिहरु एमएनओ कपिलवस्तु जिल्ला सभा संयोजक केशर सुर्यबंशी, एमएनओ रुपन्देही जिल्ला सभा अध्यक्ष सृजना गुरुङ, एमएनओ लुम्बिनी प्रान्तीय सभा सदस्य ईन्द्र ब.नेपालीले नवगठित पदाधिकारी ज्युहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो भने कार्यक्रमका बिशिस्ट अतिथि एमएनओ लुम्बिनी प्रान्तीय सभाका सदस्य तथा लेखा आयोग संयोजक सलन चिदी मगर ज्यु र कार्यक्रमका प्रमुख अतिथि MNO केन्द्रिय सर्वोच्च सभा सदस्य शिव ब.गुरुङ ज्युले संगठनको मंगोलवादकोे विषयमा महत्त्वपूर्ण विषय कुराहरु व्यक्त गर्दै नवगठित पदाधिकारी ज्युहरुलाई MNO को गोपनियताको सपथग्रहण गराउनु भएको थियो।

 

कार्यक्रममा स्वागत मन्तव्य ऋषि ब पल्लिमगर ज्युले राख्नु भएको थियो भने कार्यक्रम सन्चालन रुपन्देही जिल्ला सभाका सचिव डम्बर राना मगर ज्युले गर्नु भएको थियो ।

कपिलबस्तु/ एमएनओ बुद्धभुमी तदर्थ नगर सभा गठन तथा एकदिने मंगोलवाद प्रशिक्षण कार्यक्रम सम्पन्न ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्