आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कपिलवस्तुको बाणगंगामा एम एनओ को प्रशिक्षण

सिर्जना गुरुङ | 27 सेप्टेम्बर 2021

कपिलवस्तुको बाणगंगामा एम एनओ को प्रशिक्षण


कपिलवस्तु / मंगोल नेशनल अर्गनाईजेशन  बाणगंगा नगरसभाको आयोजनामा १५ सेक्टेम्बर शनिबार  बाणगंगा नगरपालिका बुङची -१ मा मूलबासी मंगोलवाद दर्शनको बिषयमा १ दिने प्रशिक्षण सम्पन्न  भएको छ ।
बाणगंगा नगर सभा अध्यक्ष दलबहादुर नेपालीको  सभाध्यक्षता तथा एम.एन.ओ का केन्द्रीय सदस्य साथै मंगोल भिजन राष्ट्रीय साप्ताहिक पत्रिकाका बजार ब्यावस्थापक शिब बहादुर गुरुंङज्यूको  प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम  सम्पन्न भएको थियो  । कार्यक्रम मा  प्रमुख अतिथि गुरुंङज्यूले उपस्थित लोक समुदायलाई  मानबको उत्पत्ति , मानब अधिकार ,ईतिहास ,अस्तित्व र बिकासको  बारेमा प्रष्ट पार्नु हुदै अबको २१ औ शताबदिका  युवा बर्ग राजनैतिक चेतनशील  हूनु पर्ने र हिन्दुवाद  संग सम्बन्धित सम्पूर्ण धर्म संस्कार छाड्नु पर्ने  बताउनु  भएको थियो । त्यस्तै उहाले अबको बिकल्प भनेको एम एनओ मात्र भएकाले यसैमा लाग्नुको बिकल्प नभएको बताउनु भयो । कार्यक्रममा देवदह नगरसभा अध्यक्ष  साथै मंगोल भिजन राष्ट्रीय साप्ताहिक पत्रिकाका  संवाददाता सृजना गुरुंङले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रम पश्चात् नगर सभामा केही सदस्य थप गरि २१ बनाइएको छ ।  नगर सभा का  क़ोषअध्यक्ष गोविन्द थापा मगरको स्वागत मन्तव्य राख्नु भएको  कार्यक्रमलाई संचालन  सचिब बिस्व नेपालीको गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्