शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कपिलवस्तुमा प्रशिक्षण सम्पन्न

Mongol Vision | 2 डिसेम्बर 2020

कपिलवस्तुमा प्रशिक्षण सम्पन्न

कपिलवस्तु  / डिसेम्बर १ का दिन कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित बौद्ध विहारमा मंगोल राष्ट्रवाद सम्वन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त प्रशिक्षण कार्यक्रममा एम.एन.ओ कपिलवस्तु जिल्ला सभाका अध्यक्ष टेक बा. पुन ज्युको सभाध्यक्षता रहेको थियो । 
कार्यक्रममा प्रमुख अतिथिको रुपमा संगठनका केन्द्रीय मुलसचिव थम्मन बा. बुढा मगर, विशेष अतिथिमा कल्पना थापा मगर थिय। त्यस्तैगरी  प्रशिक्षण कार्यक्रममा उपस्थित अतिथिहरु एम.एन.ओ के.स हरु केशु रास्कोटी, लाल बा. दर्लामी, शिव बा. गुरुङ, करन सिंह नेपाली, पम्फा सिंजाली, लुम्बिनी प्रान्तीय सभाका सचिव जनक मिदुन, प्र.सदस्यहरु देब गुरुङ, बुद्धि बा. सारु, एम.एन.ओ रुपन्देही देवदह नगर सभाका अध्यक्ष इन्द्र बा. नेपाली, नगर सचीव बासुदेव नेपालीको उपस्थिति थियो।

उक्त कार्यक्रम कै अवसर पारेर प्रमुख अतिथी ज्यु ले आदिवासी जनजाती दलित र मुलवासी मंगोल शब्द को अर्थ बेग्लाबेग्लै रहेको बताउदै अब हामी यो देश मालिक हौउ र हामी मुलवासी मंगोल हौउ भनेर लिखित तथा मौखिक रुपमा प्रशिक्षण प्रदान भएको थियो।

त्यसैगरी सोही दिनमा बाणगंगा नगर सभा पनि गठन भएको छ। दल बा. नेपालीको अध्यक्षतामा १३ सदस्यीय नगर सभा गठन गरिएको छ। जसको सचिव, कोषाध्यक्ष, र सहसचिवमा क्रमश: टीका बा. नेपाली, दिपा थापा, विजय सारु मगर रहेका छन भने सदस्यहरुमा गोविन्द थापा, सुरज चौधरी, हिरा बा.सुनार, अशोक नेपाली, बचुराम परियार, बिजुला नेपाली, टीका कुमारी नेपाली र सल्लाहकारहरु प्रेम बा. सारु मगर, मनकुमारी नलाद सारु मगर रहेका छन।
लुम्बिनी प्रान्तिय सभा का अध्यक्ष दिपक थापा मगरले कार्यक्रम मा आफ्नो मन्तव्य राख्नु का साथै नवगठित बाणगंगा नगर सभाका पदाधिकारीहरु लाई खादा लगाई शुभकामनाका साथ पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन। कार्यक्रम मा विशेष अतिथी थापा मगर को मन्तव्य का साथै जिल्ला सभाका सचिव तुलसी बुढा मगर ले संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्