आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कटारीको सोमबारेमा मंगोल खुल्ला सभा

mongolvision | 8 अक्टोबर 2021

कटारीको सोमबारेमा मंगोल खुल्ला सभा


उदयपुर / उदयपुरको कटारिमा मंगोल नेशनल अर्गनाइजेशनले एक दिने खुल्ला मंगोल सभा सम्पन्न भएको छ ।
       असोज १९ गते मगलबार एम एनओ जिल्ला सभाको पहल र कटारी नगर सभाको आयोजनामा प्रान्तीय न १ सभाका अध्यक्ष भास्कर चाम्लिङको प्रमुख आतिथ्यतामा उक्त खुल्ला मंगोल सभा सम्पन्न भएको थियो । खुल्ला  मंगोल सभा लाई सम्बोधन गर्दै प्रमुख अतिथि चाम्लिङले नेपालमा मंगोलवाद लाई कसैले रोक्न छेक्न नसक्ने बताउदै यहि बादले मात्र मुलुकको मुहार फेर्ने दाबी गर्नु भयो ।त्यस्तै उहाले अब देशको बागडोर मंगोलहरुले समल्ने बताउदै त्यसका लागि तयार हुन नेता कार्यकर्ताहरु लाई निर्देशन दिदै चुनाव केन्द्रिय कार्यक्रमहरु गर्न आह्वान गर्नु भयो ।
   कटारी नगर पालिका वाड न ६ सभाका अध्यक्ष सुनिल थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सभाका सोम खपाङीले पनि मन्तब्य राख्नु भएको थियो । खुल्ला सभामा जिल्ला सभाका नेता , विभिन्न गाउँ गाउँ नगर सभाका पदाधिकारी लगायत  स्थानीय बासिहरुको उल्लेखनीय सहभागीता रहेको थियो । कार्यक्रम सचिब रेवत कुमार आले मगरले कार्यक्रम सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्