बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कटारी नगरपालिका -2 ,गरासेमा मंगोल प्रशिक्षण

Mongol Vision News | 11 मार्च 2020

कटारी नगरपालिका -2 ,गरासेमा मंगोल प्रशिक्षण

मंगोल नेशनल अर्गनाइजेसन उदयपुर जिल्ला सभाको सक्रियतामा कटारी नगरपालिका वार्ड  नं - २ गरासेमा एकदिने मंगोल प्रशिक्षण सम्पन्न भएको छ ।


जंग बहादुर रानामगरको अध्यक्षतामा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी मंगोल नेशनल अर्गनाइजेसनका केन्द्रिय सदस्य मोहन मगर र विशिस्ट  अतिथिमा प्रदेश न १ का अध्यक्ष भास्कर चाम्लिङ रहनुभएको थियो ।

 
कटारी नगरपालिका, २ गरासे आसपासका सयौं मंगोल शुभचिन्तकहरुलाई मंगोल रास्ट्रवादबारे प्रशिक्षण प्रदेश  नं १ का अध्यक्ष भास्कर चाम्लिङज्युले प्रदान गर्नुभएको थियो । प्रमुख प्रशिक्षक चाम्लिङले भन्नुभयो हामी मुलवासी मंगोलहरुलाई राजनीति चेतना बिहिन बनाएर आज सम्म हाम्रो मंगोल मुलुक नेपाललाई हर क्षेत्रमा लुटिरहेका छन् । यसर्थ आफ्नो मुलुक सम्पन्न बनाउन हाम्रो राजनीति  चेतना खुल्नैपर्छ नत्र आउदो पिडिले अझै दुख पाउनेछन् । अत अबको चुनावमा मंगोल नेशनल अर्गनाइजेसनको चुनाव चिन्ह कुखुराको भालेमा अमुल्य मत प्रदान गरि सहयोग गर्न सबैमा अपिल गर्नुभएको थियो ।
नर बहादुर राइले स्वागत मन्त्यब्य राखेको उक्त प्रशिक्षण कार्यक्रमलाई देवेन्द्र साम्पाङ राइले संचालन गर्नुभएको थियो ।


 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्