शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

खोटाङको साकेला गाउँपालिकामा एम एनओ

mongolvision | 20 मार्च 2022

खोटाङको साकेला गाउँपालिकामा एम एनओ

 


खोटाङ/ खोटाङ जिल्ला अन्तर्गत पर्ने साकेला गाउँपालिकामा  मंगोल नेशनल अर्गनाइजेशनको गाउँसभा गठन भएको छ । 
  १७ मार्च २०२२ का दिन साकेला गाउँपालिका वडा नं. २ स्थित साकेला पार्कमा सम्पन्न एक प्रशिक्षण कार्यक्रमबिच उक्त गाउँसभा गठन भएको हो । उक्त कार्यक्रममा स्थानीय मंगोल समर्थक दिल प्रेम राईको सभाध्यक्षता एवं संगठनका केन्द्रिय सदस्य चन्द्र वान्तवाको प्रमुख आतिथ्यता रहेको थियो । विशेष अतिथिमा १ नं प्रान्तीय सभा सदस्य अनिल राई रहनुभएको थियो भने अतिथिमा  प्रवास सभा मेघालय,भारतका सदस्य
जितबल ( जे. बि.) राई रहनुभएको थियो ।
 कार्यक्रममा प्रमुख अतिथि चन्द्र वान्तवाले एम. एन. ओ. को राजनैतिक अवधारणा र उद्देश्य, नेपालको राजनीतीमा एम. एन. ओ. को आवश्यकताको बारेमा प्रष्ट्याउँदै अबको समय मूलबासी मंगोलहरुले आफ्नो अस्तित्व, अधिकार र देशको समुन्नतिको निमित्त भाले चिन्हमा मतदान गर्नुपर्ने कुरा जगजाहेर गर्नुभयो  । कार्यक्रमकै बिच दिल प्रेम राई को अध्यक्षतामा २२ सदस्यीय एम. एन. ओ. साकेला गाउँ सभा गठन भएको हो । स्थानीय लोक समुदायहरुको सौहार्दपूर्ण उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम भोगेन्द्र राईले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्