शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

लिखु गाउँपालिकामा एम. एन. ओ. को टोल सभा

mongolvision | 25 जनवरी 2022

लिखु गाउँपालिकामा एम. एन. ओ. को टोल सभा


         ओखलढुंगा / मंगोल नेशनल अर्गनाइजेशन लिखु गाउँसभाको आयोजनामा लिखु गाउँपालिका वडा नं. ९ स्थित लेटीमा टोलसभा गठन भएको छ । उक्त कार्यक्रम स्थानीय मंगोल समर्थक शिव बहादुर परियारको सभाध्यक्षतामा एवं एम. एन. ओ. मानेभञ्ज्याङ गाउँसभा अध्यक्ष बिर्ज बहादुर  मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथि लिखु गाउँसभा अध्यक्ष दावा शेर्पा रहनुभएको थियो भने अतिथिमा सुनकोशी-९ वडा सभा कोषाध्यक्ष गंगा तामाङ रहनुभएको थियो । 
           शिव बहादुर परियारको अध्यक्षतामा २० सदस्यीय लेटीमा टोलसभा गठन गठन भएको छ । सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः राकेश परियार, सिता परियार र शम्भु परियार रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा टेक बहादुर दमाई, गिता परियार, नारायण दर्जी, गोमा परियार, सावित्रा भुजेल, बहादुर परियार, कुमारी परियार, तेज बहादुर परियार, मिना परियार, मिश्र बहादुर परियार, विष्णु परियार, राजन परियार, सविता परियार, मसेली परियार, प्रमोद भुजेल रहनुभएको छ भने सल्लाहकारमा दल बहादुर परियार रहनुभएको छ । नवगठित पदाधिकारीहरुलाई प्रमुख अतिथि मगरले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रममा नारायण वर्णलले स्वागत मन्तव्य राखेका थिए भने लिखु गाउँसभा कोषाध्यक्ष अस्मिता परियारले कार्यक्रम सञ्चालन गरेकी थिइन ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्