मङ्गलबार 16 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

लिखु गाउँपालिकामा एम. एन. ओ. को टोलसभा

mongolvision | 24 जनवरी 2022

लिखु गाउँपालिकामा एम. एन. ओ. को टोलसभा


       ओखलढुंगा / मंगोल नेशनल अर्गनाइजेशन लिखु गाउँसभाको आयोजनामा लिखु गाउँपालिका वडा नं. ९ स्थित भलगतिमा एम. एन. ओ. भलगति टोलसभा गठन भएको छ । उक्त कार्यक्रम स्थानीय मंगोल समर्थक सुन बहादुर तामाङको सभाध्यक्षतामा एवं मानेभन्ज्याङ गाउसभा अध्यक्ष विशाल थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा  बिशिष्ट अतिथि लिखु गाऊसभा अध्यक्ष दावा शेर्पा रहनुभएको थियो । सुन बहादुर तामाङको अध्यक्षतामा १५ सदस्यीय टोलसभा गठन भएको हो । सचिव, कोषाध्यक्ष, सहसचिवमा क्रमशः शेखरजित तामाङ, मिना तामाङ र मोहन तामाङ रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा वीर बहादुर तामाङ, ईन्द्र बहादुर तामाङ, युक बहादुर सुनुवार, पर्सुराम तामाङ, उर्गेण तामाङ, सुर्य तामाङ, सरिता तामाङ, सुकबिर तामाङ,खेमराज तामाङ, लाल बहादुर तामाङ र  सल्लाकारमा निर कुमार तामाङ रहनुभएको छ । कार्यक्रममा दावा शेर्पाले शुभकामना मन्तव्य राख्नुभएको थियो । प्रमुख अतिथि मगरले कार्यक्रमलाई सम्बोधन गर्दै अबको समय हाम्रो हक, अधिकार र आतित्व प्राप्तिको लागि एम. एन. ओ. मात्रै अन्तिम विकल्प रहेको कुरा बताउनुभयो । स्थानीय लोक समुदायहरुको सौहार्दपूर्ण उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य लिखु -९ वडा सभाका कोषाध्यक्ष गंगा तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो भने लिखु गाउँसभा कोषाध्यक्ष अस्मिता परियारले कार्यक्रम सञ्चालन गरेकी थिइन ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्