mongolvision | 24 जनवरी 2022
ओखलढुंगा / मंगोल नेशनल अर्गनाइजेशन लिखु गाउँसभाको आयोजनामा लिखु गाउँपालिका वडा नं. ९ स्थित भलगतिमा एम. एन. ओ. भलगति टोलसभा गठन भएको छ । उक्त कार्यक्रम स्थानीय मंगोल समर्थक सुन बहादुर तामाङको सभाध्यक्षतामा एवं मानेभन्ज्याङ गाउसभा अध्यक्ष विशाल थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बिशिष्ट अतिथि लिखु गाऊसभा अध्यक्ष दावा शेर्पा रहनुभएको थियो । सुन बहादुर तामाङको अध्यक्षतामा १५ सदस्यीय टोलसभा गठन भएको हो । सचिव, कोषाध्यक्ष, सहसचिवमा क्रमशः शेखरजित तामाङ, मिना तामाङ र मोहन तामाङ रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा वीर बहादुर तामाङ, ईन्द्र बहादुर तामाङ, युक बहादुर सुनुवार, पर्सुराम तामाङ, उर्गेण तामाङ, सुर्य तामाङ, सरिता तामाङ, सुकबिर तामाङ,खेमराज तामाङ, लाल बहादुर तामाङ र सल्लाकारमा निर कुमार तामाङ रहनुभएको छ । कार्यक्रममा दावा शेर्पाले शुभकामना मन्तव्य राख्नुभएको थियो । प्रमुख अतिथि मगरले कार्यक्रमलाई सम्बोधन गर्दै अबको समय हाम्रो हक, अधिकार र आतित्व प्राप्तिको लागि एम. एन. ओ. मात्रै अन्तिम विकल्प रहेको कुरा बताउनुभयो । स्थानीय लोक समुदायहरुको सौहार्दपूर्ण उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य लिखु -९ वडा सभाका कोषाध्यक्ष गंगा तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो भने लिखु गाउँसभा कोषाध्यक्ष अस्मिता परियारले कार्यक्रम सञ्चालन गरेकी थिइन ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology