बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

लिखु गाउँपालिकामा एम. एन. ओ. को वडासभा

mongolvision | 11 मार्च 2022

लिखु गाउँपालिकामा एम. एन. ओ. को वडासभा


ओखलढुंगा / ओखलढुंगा जिल्ला अन्तर्गत पर्ने लिखु गाउँपलिकाको वडा नं. २ को पोखरीमा एम. एन. ओ. को वडा सभा गठन कार्यक्रम सम्पन्न भएको छ । 

उक्त कार्यक्रम स्थानीय मंगोल समर्थक शेर बहादुर दर्जीको सभाध्यक्षतामा एवं एम. एन. ओ. ओखलढुंगा जिल्ला सभा अध्यक्ष बजेन्द्र अम्बुले राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथिमा मानेभञ्ज्याङ गाउँसभा अध्यक्ष बिर्ज बहादुर मगर रहनुभएको थियो भने अतिथिहरुमा प्रवास सभा मेघालयका पूर्व अध्यक्ष मिता मोक्तान, सुनकोशी गाउँसभा अध्यक्ष गंगा तामाङ, लिखु गाउँसभा अध्यक्ष गंगा तामाङ रहनुभएको थियो । 

कार्यक्रममा अतिथिहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बजेन्द्र अम्बुलेले अबको समय मूलबासी मंगोलहरु हिन्दुवादले टुक्राइदिएको जातीय भावना भन्दा माथि उठेर मूलबासी मंगोलको भावनाले एकजुट हुनुपर्ने र मंगोल नेशनल अर्गनाइजेशनमा आवद्ध भएर आफ्नो अस्तित्व, हक अधिकारको निम्ति लड्नुपर्ने समय आएको जगजाहेर गर्नुभयो । कार्यक्रमकै बीच शेर बहादुर दर्जीकै अध्यक्षतामा एम. एन. ओ. लिखु-२ वडा सभा गठन भएको छ । स्थानीय लोक समुदायहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा सन्तोष नेपालीले स्वागत मन्तव्य राखेका थिए भने लिखु गाउँसभा कोषाध्यक्ष  अस्मिता परियारले कार्यक्रम सञ्चालन गरेकी थिइन ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्