बुधबार 8 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

लिम्बेल टोलमा एमएनओको प्रशिक्षण कार्यक्रम सम्पन्न

Sinara Meche | 17 मार्च 2020

लिम्बेल टोलमा एमएनओको प्रशिक्षण कार्यक्रम सम्पन्न

झापा/ मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर नगरसभाको आयोजना मा एकदिने भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

    17 मार्च,2020 मंगलवार को दिन झापाको मेचिनगर नगरपालिका वडा न. २ स्थित लिम्बेल टोलमा उक्त कार्यक्रम सम्पन्न भएको हो। स्थानीय बासीहरुको मंगोल नेशनल अर्गनाइजेशन प्रतिको बढ्दाे चासोलाई मध्यनजर गरि उहाँहरुकै विशेष पहलमा आयोजित उक्त कार्यक्रममा  एमएनओ केन्द्रिय सचीव सन्तोष तामाङ ले अनौपचारिक रूपमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षणको क्रममा मानब अस्तित्व, उत्पत्ति र इतिहास को विषयमा बिस्तृत रुपमा जानकारी गराउदै आजसम्म नेपालमा हामिलाई सुद्र,अछुत, आदिवासी ,जनजाति ,मतवाली,किराँति जस्तो गलत उपनाम दिएर हाम्रो बास्तविक अस्तित्व बोकेको मंगोल र मुलवासी शब्दलाई ओझेलमा पार्ने काम भएको छ ।

    यो सबै शब्दरुपी हतियारको रुपमा प्रयोग गरेर बिदेशी हिन्दूआर्य बाहुनछेत्रीहरुले हामि मुलवासी मंगोल हरुप्रती प्रहार गरिरहेको कुरालाई प्रष्ट्याउनु भयो । साथै अहिलेसम्म हामीलाई विभिन्न परिवर्तनको नाममा हतियारको रुपमा प्रयोग गर्दै मात्रै आयो अब यसरि हतियारको रुपमा प्रयोग नहुन र भाबिपुस्ता को सुरक्षित भबिस्य सुनिश्चितताको निम्ति आफ्नै घर एमएनओमा आवद्ध हुनपनि यसै कार्यक्रममार्फत आव्हान गर्नुभएको थियो । स्थानीयले राख्नुभएको प्रश्नहरुलाई पनि मध्यनजर गर्दै प्रशिक्षण प्रदान गरिएकोले कार्यक्रम प्रभावकारी बन्नपुगेको थियो। उक्त कार्यक्रममा  एमएनओ मेचिनगर नगरसभा अध्यक्ष सागर मंगोल र सचीव सिनारा मेचेको पनि उपस्थिति रहेकोे थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्