mongolvision | 26 अक्टोबर 2021
सिर्जना गुरुङ
रूपनदेही/ मंगोल नेशनल अर्गनाइजेशन लुम्बिनी प्रान्तीय सभाको नियमित बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ ।
२५ अक्टोबर सोमबारका दिन रुपन्देहीको बुटवल उप महानगरपालिकाको महिला मगर भवनमा मंगोल नेशनल अर्गनाईजेशनका मूलसचिब थमन बहादुर बूढा मगरको प्रमुख आतिथ्यामा र मंगोल नेशनल अर्गनाईजेशन लुम्बिनी प्रान्तीय सभाका अध्यक्ष दिपक थापा मगरको सभाध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको सचिब जनक मिदुलले बताए। उक्त बैठक मा संगठनका केन्द्रीय सदस्य साथै अनुशाशन बिभागको सदस्य कल्पना थापा मगरको विशिष्ट आतिथ्या र मंगोल नेशनल अर्गनाईजेशन केन्द्र सभाका सदस्य साथै अनुशासन विभागका सदस्य लाल बहादुर दर्लामी मगरको आतिथ्या रहेको थियो । बैठकले प्रान्त मातहतमा रहेका जिल्ला सभाहरु लाई संगठनको गतिविधि तीब्र रुपमा अगाडी बढाएर लैजान निर्देशन गराउने र जिल्ला अधिबेशन गर्न बाकी रहेको जिल्लाहरु लाई आ आफ्नो जिल्ला अधिबेशन गर्न लगाउने निर्णय गरेको छ । बैठकमा केन्द्रीय मुलसचिब थमन बहादुर बुढा मगर अब कसरी अगाडि जाने , केन्द्रीय सभाको रणनीति बारेमा प्रकाश पार्नु भएको थियो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology