शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

लेटाङ -८ जातेमा मंगोल प्रशिक्षण

Mongol Vision News | 8 फेब्रुअरी 2020

लेटाङ -८ जातेमा मंगोल प्रशिक्षण

मोरङ / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा मोरङको सक्रियतामा मोरङ जिल्ला लेटाङ जाते वार्ड न - ८ मा मुलवासी मंगोल विषयक एकदिने राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

    अमर बुर्जा मगरको अध्यक्षतामा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सभाका सदस्य तथा केन्द्रिय आर्थिक सभाका सदस्य अहिन्दु मुलवासी मंगोल सुरज फोम्बो लिम्बू रहनुभएको थियो । प्रमुख अतिथी तथा प्रशिक्षक लिम्बुले उपस्थित सम्पुर्ण मंगोल समुदायलाई भन्नुभयो " नेपालमा मनुवादी हिन्दुवादी सोचले संचालित कम्युनिस्टको बहुमत सरकारले यो सुन्दर पवित्र मंगोलभुमी नेपालमा दिनानुदिन भ्रष्टाचार , नातावाद कृपावाद चाकरीवादको कु-राजनीति गर्दै आएको र यो मुलुक अधोगती उन्मुख भएकोले हामी समयमै राजनीति चेतनशील बन्नुपर्ने कुरा बताउनु भएको थियो " अहिन्दु मुलवासी मंगोल समुदायको बाहुल्य बसोबास रहरेको उक्त क्षेत्रमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रमलाई अहिन्दु मुलवासी मंगोल युवा नेता विकेन वान्तवा राइले संचालन गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्