आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

लेटाङ वाड न ८ को वाड अधिबेशन सम्पन्न

mongolvision | 4 अक्टोबर 2021

लेटाङ वाड न ८ को वाड अधिबेशन सम्पन्न

लेटाङ वाड न ८ को वाड अधिबेशन सम्पन्न
धनराज लिम्बू
मोरङ / मंगोल नेसशन अर्गनाइजेशन  जिल्ला सभा मोरङको आयोजनामा सेप्टेम्बर 25 सनिवारको दिन लेटाङ ८ नं वडा सभा अधिबेशन बन्द तथा खुल्ला सत्र कार्यक्रम सम्पन्न भएको छ।
   एम एन ओ जिल्ला सभाको अध्यक्ष बिकेन बान्तावाको सभाध्यक्षता तथा १  न प्रान्तीय सदस्य शिब कु राईको प्रमुख आतिथ्यतामा अधिबेशनको बन्द सत्र कार्यक्रम सम्पन्न भएको थियो। आजै सप्पन्न बन्दसत्र बाट सर्वसम्मत निर्विरोध निर्वाचित ओम प्रकाश चेमजोङको अध्यक्षतामा ३ जना सल्लाहकार सदस्य सहित ३१ सदस्यीय लेटाङ ८ न वडा सभा गठन भएको हो। त्यसैगरी सचिबमा सुर्य चेम्जोङ, कोषाध्यक्षमा आशिस राई, स- सचीवमा बिमला लिम्बु र सदस्यहरुमा क्रमशः गबर्धन चेम्जोङ, बिकाश मगर, सागर लिम्बु, प्रकाश मगर, धन ब चेम्जोङ, राज राई, सुबास धिमाल, देबेन्द्र राई, पृथी दल चेम्जोङ, अशोक राई, दम्बर सदेम्बा, शन्त राई, अमृत लावती, शेर ब राई, सिङ्ह ब राई, शुसिल चेम्जोङ, बालिका लिम्बु , मुस्कान राई, अमर राई, पवन राई, सानु बि. क. पूर्ण चेम्जोङ, अर्पण राई र पृथ्वी चेम्जोङ रहनु भएको छ। साथै सल्लाहकार सदस्यहरुमा मान ब मादी, बुध्दीमान कुरुम्बाङ र दम्बर सिं राई रहनु भएको थियोे। उक्त अधिबेशन कार्यक्रमलाइ सम्बोधन गर्दै बन्द सत्र कार्यक्रमका प्रमुख अतिथि  राईज्युले नव निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिनु भएको थियो। अबको आउने दिनहरूमा ८  न वडा मात्रै नभएर सकेसम्म र भ्याए सम्म चारैतर्फ मङ्गोलमय बनाउनु पर्ने दायित्व र जिम्मेवारी आजको अधिबेशन बाट निर्वाचित पदाधिकारीहरुको काधमा थपिएको कुरामा जोड दिनुभयो। साथै मुलबासी मङ्गोलहरु राजनीतिक रुपले चेतनशील भइ राज्य सत्ता आफ्नो हातमा लिए पछी मात्र यो मुलुकमा लोकतन्त्र संस्थागत हुने र मानव अस्तित्व वा मानव अधिकार प्राप्त हुने कुरा प्रष्ट पार्नु भयो। बन्द सत्र कार्यक्रममा जिल्ला सदस्य रबिन्द्र श्रेष्ठ ले स्वागत मन्तव्य राख्नु भएको थियोे  भने प्रमुख अतिथि शिब कु राई ज्युले बन्द सत्र बाट निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराई बधाई साथै  शुभकामना दिनु भयो।
     मङ्गोल नेसनल अर्गनाइजेसन केन्द्रिय सदस्य सुरज लिम्बुज्युको प्रमुख आतिथ्यतामा ऐतिहासिक प्रथम लेताङ -८ न वदा सभा अधिबेशन खुल्ला सत्र कार्यक्रम सम्पन्न भएको हो। प्रमुख अतिथि लिम्बु ज्युले अधिबेशन कार्यक्रमलाई सम्बोधन गर्दै भन्नु भयो - मुलबासी मङ्गोल समुदायको मात्र नभइ नेपाली समाजको जिवन नै मङ्गोल दर्शन सावित भइसकेको छ। त्यसैले मङ्गोल दर्शनलाई बिश्वब्यापी बनाउनु हाम्रो परम कर्तव्य हो। यो दर्शन को पर्याय मानवता, समानता, भातृत्व र स्वतन्त्रता हो। बिशेषगरी युग पुरुष ड. गोपाल गुरुङको दर्शनले बिश्वको मानव समुदाय बचाउने कुरामा दुइमत छैन।  यो मङ्गोल दर्शन अब सफलताको नजिक पुगिसकेको र मङ्गोल दर्शन रोक्ने तागत दुनियाँमै नभएकोले एम एन ओ का नेता कार्यकर्ताहरु तयारी अवस्थामा रहन आव्हान गर्नु भयो। कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा रहनु भएका 1 न प्रान्तीय सदस्य शिब कु राई ज्युले लेताङमा मङ्गोल दर्शन ब्यापक रुपमा फैलिएकोमा खुशी व्यक्त गर्दै मुलबासी हरुको प्रत्येक रगतको नशा नशामा मङ्गोल दर्शन बगिरहेको कुरा औल्याउनु भयो। साथै उहाले राजनीतिक सिपाहीले ईमानदार पुर्बक आफ्नो जिम्मेवारी पुरा गरे फाउन्डर प्रेसिडेन्ट गोपाल गुरुङको सपना अब चाडै पुरा हुने कुरामा जोड दिनु भएको थियो।
        कार्यक्रममा अतिथिको रूपमा जिल्ला सदस्य अबिनास राई, सुमन लिङ्देन, रबिन्द्र श्रेष्ठ, मिकलाजुङ गाउ अध्यक्ष मिलन तामाङ, सुनबर्सी नगर अध्यक्ष सकुन्तला श्रेष्ठ, मिक्लाजुङ 2 वदा अध्यक्ष सर्न राई, वदा न ३ का अध्यक्ष रेवत मगर रहनु भएको थियो। सो कार्यक्रममा अतिथि सुमन लिङ्देन, सुनबर्सी नगर  अध्यक्ष सकुन्तला श्रेष्ठ, मिक्लाजुङ 2 न वडा अध्यक्ष सर्न राई, वदा न ३ को अध्यक्ष रेवत मगर र साम्लिङ टोल अध्यक्ष नेत्र राई रहनु भएका थिए। अधिबेशन कार्यक्रममा अतिथि सर्न राई, सकुन्तला श्रेष्ठ, मिलन मोक्तान र सुमन लिङ्देन ले शुभकामना मन्तव्य राख्नु भएको थियो। उक्त कार्यक्रममा नव निर्वाचित लेताङ 2 न वडा सचिव बिमला लिम्बुले स्वागत मन्तव्य राख्नु भएको थियोे भने मोरङ जिल्ला सचिव धनराज लिम्बूले बन्द तथा  खुल्ला सत्र कार्यक्रम संचालन गर्नु भएको थियो। यसै गरि मङ्गोल नेसनल अर्गनाइजेसन जिल्ला सभाको आयोजनामा सम्पन्न भएको उक्त  कार्यक्रममा विभिन्न सभा तथा स्थानीय कार्यकर्ता साथै लोक समुदायको बाक्लो उपस्थिति समेत रहेकोे थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्