बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

लेटाङको जाते बुद्ध चौकमा मंगोलको खुल्ला सभा

mongolvision | 30 अक्टोबर 2021

लेटाङको जाते बुद्ध चौकमा मंगोलको खुल्ला सभा


मोरङ /  मंगोल नेशनल अर्गनाइजेशनको प्रथम  लेटाङ नगर अधिबेशन मुल आयोजक सभाको आयोजनामा मोरङको लेटाङमा मंगोल खुल्ला सभा सम्पन्न भएको छ ।
     ३० अक्टोबर शनिबार अर्जुन राइको सभाअध्यक्षता र संगठनका केन्द्रीय सदस्य सुरज फम्बो  लिम्बुको प्रमुख आतिथ्यतामा लेटाङ नगर पालिका ९ बुद्ध चोक जातेमा उक्त मंगोल खुल्ला सभा सम्पन्न भएको थियो । खुल्ला सभा लाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि लिम्बुले मानब अस्तित्व, मानव वर्ण  मुलबासी , जनजाति ,आदिबाशी मतवाली शब्द कोब  अर्थ असर बारेमा प्रष्ट पार्नु भयो । त्यस्तै उहाले अब एम एनओको सिद्धान्तले मात्र मुलुक परिवर्तन र समृद्धि बन्ने  बताउदै त्यसका लागि एम एनओ सतामा पुग्नु पर्ने बताउनु भयो र एक चोटि मंगोल नेशनल अर्गनाइजेशनका उमेदवारहरु लाई चुनावमा बिजय गराउनु पर्नेमा जोड दिनु भयो। खुल्ला सभा कार्यक्रम लाई वाड न ८ सभाका अध्यक्ष ओम प्रकाश चेम्जोङ, विशाल चेम्जोङ लगायतले पनि आ आफ्नो मन्तव्य राख्नु भएको थियो ।खुल्ला मंगोल सभा कार्यक्रममा स्थानिय मुलबासी जनसमुदायहरुको उल्लेखनीय सहभागीता रहेको थियो  । एम एनओका  सकृय सदस्य मनिश इङ्नाम्ले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम जिल्ला सभाका सचिब धनराज लिम्बुले सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्