mongolvision | 9 जनवरी 2022
9 जनवरी 2022 का दिन मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा ललितपुरको आयोजनामा बाग्मती गाउँपालिका-4, प्युटार सिम्लेमा एकदिने प्रशिक्षण तथा वडा सभा गठन सम्पन्न भएको छ । तिलक तामाङको सभाध्यक्षता तथा संगठनका केन्द्रिय सचिब सन्तोष तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा विशेष अतिथि केन्द्रिय सर्बोच्च सभा सदस्य सानबहादुर मेचे, अतिथि केन्द्रिय सर्बोच्च सभा सदस्य रिन्छेन तामाङ ,केन्द्रिय सदस्य मंगोल भक्त खपागिं मगर ,बागमती प्रान्तीय सभा अध्यक्ष राजेन्द्र तामाङ ,बागमती प्रान्तीय सदस्य पासाङ नोर्बु तामाङ,ललितपुर जिल्ला अध्यक्ष सुर्य बल लगायतले मंगोल सभ्यता र अस्तित्वको बारेमा मन्तव्य राख्नुभएको थियो ।फुर्साङ तामाङको अध्यक्षतामा बागमती गापा ४नम्बर वडा सभा गठन भएको छ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology