आइतबार 5 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

ललितपुरको गोदावरी ३ मा एमएनओ

Mongol viaion | 12 सेप्टेम्बर 2021

ललितपुरको गोदावरी ३ मा एमएनओ

ललितपुर / मंगोल नेशनल अर्गनाइजेशन ललितपुर जिल्ला सभा र गोदावरी नगर सभाको संयुक्त आयोजनामा गोदावरीमा एक दिने प्रशिक्षण कार्यक्रम सगै तदर्थ वाड सभा गठन कार्यक्रम सम्पन्न भएको छ ।
सेप्टेम्बर 11 सनिबारको दिन संगठनका केन्द्रिय सदस्य एवम मंगोल भिजन राष्ट्रिय साप्ताहिकका निर्देशक प्रेम छिरी शेर्पाको प्रमुख आतिथ्यता र जिल्ला सभा ललितपुरका संयोजक सुर्य बलको सभा अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रमलाई केन्द्रीय सदस्य शेर्पाले प्रशिक्षण प्रदान गर्नु भयो । सो क्रममामा उहाँले मंगोलदर्शन र एमएनओको बारेमा सहभागीहरुलाई प्रशिक्षण प्रदान गर्नु भयो । कार्यक्रममा गण्डकी प्रदेश सभाका कोषाध्यक्ष निर्मल आले मगर, बागमती प्रदेश सदस्य सगार आले मगर, कास्की जिल्ला सदस्य बिनु गुरुङ तथा ललितपुर जिल्ला सभा गोदवरी नगर सभाका पदाधिकारी र स्थानिय ब्यक्ति ब्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको  थियो ।  प्रताव तामाङले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम सिताराम मगरले संचालन गरेका थिए ।
   त्यस्तै कार्यक्रमकै अवसर पारेर गन्ज बहादुर सिन्तानको अध्यक्षतामा १३ सदस्यीय तदर्थ गोदावरी वाड नं. ३ वाड सभा गठन गरिएको छ । जसको सचिब, सह-सचिब, कोषाध्यक्ष र पचार प्रसार सचिवमा क्रमश आप्चा प्राखिन, बिनोद महर्जन , जित बहादुर तामाङ र लाल बहादुर तामाङ रहेका छन । त्यस्तै सदस्यहरुमा रशिला तामाङ, राम बहादुर तामाङ, दिपक तामाङ, मीन बा तामाङ, रोहित लामा, राम बा तामाङ, बाबुराम तामाङ र सुजन तामाङ रहेका छन ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्