आइतबार 5 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

ललितपुरमा एम एनओको दुई नगर सभा गठन

mongol vision | 7 मार्च 2021

ललितपुरमा एम एनओको दुई नगर सभा गठन

ललितपुर/ मंगोल नेशनल अर्गनाइजेशन ललितपुर जिल्ला सभाले जिल्लाको दुई नगर पालिकामा आफ्नो संगठन बिस्तार गरेको छ । संगठनका केन्द्रीय मुल सचिब थम्मन बुढा मगरको उपस्तिथिमा फागुन १५ गते सनिवारको ललितपुर उपमहानगर पालिका महालक्ष्मी स्थान चोक तिखेदेवलको चुम्लुङ्ग भवनमा एक प्रशिक्षण कार्यक्रम सँगै नगर सभा घोषणा कार्यक्रम भएको थियोे । सुर्य बल तामाङको अध्यक्षता र केन्द्रीय मुल सचिब थमन बुढा मगरको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि मगरले सहभागित नेता कार्यकर्ताहरुलाई सांगठानिक बिषयमा प्रशिक्षण समेत प्रदान गर्नु भयो ।

कार्यक्रममा नवगठित दुई नगर सभाका पदाधिकारीहरुलाई प्रमुख अतिथिले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रममा प्रदेश नम्बर १ सभाका प्रचार प्रसार सचिब उत्तम पुलामी, बाग्मती प्रदेश सदस्य सागर अाले, बाग्मती प्रदेश अध्यक्ष लाक्पा तामाङ, केन्द्रिय सदस्यहरु राजन चाम्लिङ, रवेन श्रष्ठ, मंगोल भक्त खपाङ्गी, सन्त कुमार मगर लगायतले पनि नगर सभाका पदाधिकारीहरुलाई शुभकामना ब्याक्त गर्नु भएको थियो । फागुन ९ गते ललितपुर उपमहानगर सभा बुद्ध रत्न महर्जनको अध्यक्षतामा ९ सदस्य उप महानगर सभा गठन भएको थियो भने १२ गते गोदावरी नगर सभा कैलास लिम्बुको अध्यक्षतामा १३ सदस्य नगर सभा गठन भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्