शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

लम्जुङ जिल्ला सभा द्वारा मंगोल भिजन राष्ट्रिय साप्ताहिकलाई एक थान ल्यापटप प्रदान

mongol vision | 22 फेब्रुअरी 2021

लम्जुङ जिल्ला सभा द्वारा मंगोल भिजन राष्ट्रिय साप्ताहिकलाई एक थान ल्यापटप प्रदान

काठमाडौ / मंगोल नेशनल अर्गाइजेशनको मुख पत्रको रुपमा प्रकाशन भइरहेको मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रीका र मंगोल भिजन अलाइनलाई काम गर्न सहज होस भन्दै मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा लम्जुङले एक थान ल्यापटप प्रदान गरेको छ । आज फागुन १० गते सोमबार कास्कीको पोखरामा लम्जुङ जिल्ला सभाका अध्यक्ष विकास गुरुङले मंगोल भिजनका समाचारदाता देब बहादुर थापा लाई रु. १ लाख ८ हजार मुल्य बराबरको उक्त ल्यापटप प्रदान गर्नु भएको छ । जिल्ला सभा लम्जुङले रु.१ लाख र अध्यक्ष गुरुङले ब्यक्तिगत रूपमा ८ हजार प्रदान गरे पछि सो ल्यापटप खरिद गरिएको हो । मंगोल भिजन साप्ताहिक र मंगोल भिजन अनलाइनलाई काम गर्न सहज होस भनेर नै हामिले यो सामाग्री प्रदान गरेका हौं, अध्यक्ष विकास गुरुङले भन्नू भयो । ल्यापटप प्रदान गर्ने जिल्ला सभा लम्जुङ परिवारलाई मंगोल भिजन राष्ट्रिय साप्ताहिक परिवारले धन्यवाद प्रदान गरेको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्