बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

लोकतन्त्र बाहुन क्षेत्रीको लागि बादरको हातमा नरिवल भन्दै लम्जुङ मा २५ अाै विश्व मुलवासी दिवश मनाइयाे ।

Anita Thapa Mongol | 9 अगस्ट 2019

लोकतन्त्र बाहुन क्षेत्रीको लागि बादरको हातमा नरिवल  भन्दै लम्जुङ मा २५ अाै विश्व मुलवासी दिवश मनाइयाे ।

09 August,2019

मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा लम्जुङको आयोजनामा सभाको आफनै कार्यलय , बेशिसहरमा जिल्ला अध्यक्ष विकास गुरुङको सभाधक्ष्यतामा र गण्डकी प्रदेश सभाको सचीव देव थापा मगरको प्रमुख आतिथ्यतामा २५ औं विश्व मुलवासी दिवस सभ्य र भव्य रुपमा मनाउन सफल भएको छ । कार्यक्रममाविशिष्टअतिथिहरुका रुपमा गण्डकी प्रदेश सभाका सदस्यहरु कुलु कुमारी गुरुङ र पदम माया गुरुङ हुनुहुन्थ्यो ।अतिथिहरुका राइनास न. पा. सभाका अध्यक्ष राम बहादुर गुरुङ , सुन्दर न.पा. सभाका प्रतिनिधिका रुपमा मुव बहादुर गुरुङ हुनुहुन्थ्यो ।प्रमुखअतिथिज्युले मुलवासी दिवस मनाउनुको कारण प्रस्ट पार्दै आदिवासी जनजाती र मुलवासी बिच छर्लङ्ग पार्नु भयो साथै नेपालको मुलवासी मंगोल समुदायहरुमा नै शक्तिशाली मानिने गुरुङ समुदायलाइ कम्जोर बनाउन ४ जात र १६ जातको अवधारणा ल्यायो जसको मलजल गर्ने काम भद्र गुरुङ , शेर बहादुर गुरुङ लगायत पढन्ते पटमुर्खहरुले गरे रVC उपाधी प्राप्त गरेका भानुभक्त गुरुङ , अमर सिंह गुरुङ इत्यादि हाम्रा वीर पू्र्खाहरुको सन्तान र बाहुन क्षेत्रीहरुलाइ हेर्ने हो भने आज तिनै शरणार्थी बाहुन क्षेत्रीका सन्तानले 98% सरकारी ओहोदा ओगटेको देखिन्छ तर गुरुङ लगायत सिङ्गो मुलवासी समुदायलाइ नै दमन गरेको पाइन्छर यी सबैका लागि साथ दिने मंगोल अनुहारकै जगमान गुरुङ जसले गुरुङलाई हिन्दु बनाएर अन्य थुप्रै छन् ।लोकतान्त्रिक शासन प्रणालीमा पनि बाहुन क्षेत्रीको बहुमत सरकारले लोकतन्त्र र धर्मनिरपेक्षको धज्जी उडाएर हिन्दुवाद कायम गरेकै छ र कतिपय बाहुन क्षेत्रीले राजा फर्काउने अभियानमा खटेका छन् ।

लोकतन्त्र बाहुन क्षेत्रीको लागि बादरको हातमा नरिवल  भन्दै लम्जुङ मा २५ अाै विश्व मुलवासी दिवश मनाइयाे ।

लोकतान्त्रिक देशमा भ्रष्टाचारलाई चरम शिखरमा पुर्याउनु र जनतालाई सेवा नगरी आफ्नो स्वार्थ पूरा गर्नु साच्चिकै बाहुन क्षेत्रीको लागि बादरको हातमा नरिवल भएको बताउनु भयो ।साथै नेपालको प्रथम लोकतान्त्रिक नेता डा. गोपाल गुरुङज्युको मंगोल रास्ट्रवादले मात्र लोकतन्त्रको सुरक्षा गर्न सक्ने र त्यसको लागि मंगोल नेशनल अर्गनाइजेसनले साङगठानिक रुपमा 1989 देखि नै वर्णभेदी नितिको विरोध गर्दै असली लोकतन्त्र र धर्ननिरपेक्षको लागि वैचारिक लडाइँ लड्दै आएको छ भन्ने कुरा जोड दिनु भएको थियो ।कार्यक्रमको सुवअवसरमा मंगोल रिसर्च सेन्टरको लागि सहयोग गर्नु भएका जिल्ला सदस्यहरु हेम कुमारी गुरुङले रू. २५०००. र मुव बहादुर गुरुङज्युले रू ५००५. काे प्रमुख अतिथिको हातबाट सहयोग रसिद प्राप्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सदस्य सुर्जङ गुरुङले दिनु भयो भने सन्चालन सचिव प्रेम गुरुङ्ले गर्नु भयो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्