बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

लम्जुङकाे बिभिन्न स्थानमा लगातार प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।

Bimala Saru Magar | 3 अक्टोबर 2019

लम्जुङकाे बिभिन्न  स्थानमा लगातार प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।

लमजुङ

मगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा लमजुङको सक्रियतामा लम्जुङकाे बिभिन्न  स्थानमा लगातार प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ।

राईनास नगरपालिका वडा न.10 काे प्लेसाेरा र प्यारजुङमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।  2019,october 2 का दिन राईनास नगरपालिका वडा न.10 काे प्लेसाेरामा र 2019,october 3 का दिन राईनास नगरपालिका वडा न.10 काे प्यारजुङमा जिल्ला अध्यक्ष बिकाश गुरुङको अध्यक्षतामा र केन्द्रिय मूल-सचिब थमन बुढा मगरको प्रमुख आतिथ्यतामा र केन्द्रिय सदस्य कुमार गुरुङको बिशिस्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो।कार्यक्रममा अतिथि रुपमा गण्डकी प्रदेश अध्यक्ष नबिन गुरुङ र गण्डकी प्रदेश प्रचार भिम बहादुर गुरुङ रहनु भएको थियो।कार्यक्रमको बिशिस्ट अतिथि कुमार गुरुङले उपस्थित मगोलहरुलाई मूलबासीको अर्थ बुझाउदै हामीले आफ्नो सन्ततिलाई अस्तित्व सहितको जिबन दिन एक ढिक्का भई अगाडि बढनुपर्ने बताउनु भएको थियो।प्रमुख अतिथि थमन बुढा मगरले मगोल राष्टवाद सम्बन्धी प्रशिक्षण प्रदान गर्दै हिजोका दिनमा जाति, धर्म, पार्टीका आधारमा टुक्राटुक्रा परेका मगोलहरुलाई एक बनाउने एक मात्र दर्शन भनेको मगोल दर्शन भएकोले मगोल दर्शनलाई बुझ्न र बुझाउन जरुरी रहेको बताउनु भएको थियो।कार्यक्रम संचालक जिल्ला कोष अध्यक्ष धन गुरुङले गर्नु भएको थियो भने समापन जिल्ला अध्यक्ष बिकाश गुरुङले गर्नु भएको थियो।

लम्जुङकाे बिभिन्न  स्थानमा लगातार प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्